लगातार ६४ दिन ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी

गत २४ घण्टामा ४२ हजार ९ सय ९ नयाँ संक्रमित विरामी थपिएका छन्।

यसका साथै लगातार ६४ दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी देखिएका हुन्।

सोमबार बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार देशभरमा हालसम्म ६३ करोड ४३ लाख ८१ हजार ३ सय ५८ खोप खुराक प्रदान गरिएको छ। गत २४ घण्टामा ३१ लाख १४ हजार ६ सय ९६ खोप खुराक प्रदान गरिएको छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार "केन्द सरकार सम्पुर्ण वयस्क जनताका लागि द्रुत गतिमा खोप प्रदान गर्न यथेष्ट प्रयास गरिरहेको छ।"

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ७६ हजार ३ सय २४ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.१५ प्रतिशत पुगेको छ।

हालसम्म ३ करोड १९ लाख २३ हजार ४ सय ५ जना निको भइसकेका छन्। गत २४ घण्टामा ३४ हजार ७ सय ६३ जना संक्रमित विरामी निको भएका छन्।

यसका साथै देशको संक्रमण मुक्त दर हाल ९७.५१ प्रतिशत पुगेको छ।

हालसम्म देशमा ५२ करोड १ लाख नमुना परीक्षण भइसकेको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २.४१ प्रतिशत पुगेको छ र दैनिक सकारात्मक दर ३.०२ प्रतिशत पुगेको छ।

लगातार ८४ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।