दुवै देश यस वर्ष आफ्नो कूटनीतिक सम्बन्ध स्थापना को स्वर्ण जयन्ती मनाउदै

विदेश राज्यमन्त्री वी मुरलीधरन सन् २०२१ अगस्त महिनाको ३० तारिख देखि सेप्टेम्बर १ तारिख सम्म बहराइन साम्राज्यको आधिकारिक भ्रमण गर्ने छन्।

विदेश मन्त्रालय (एमईए) ले आइतबार एक विज्ञप्तिमा जानकारी दिए अनुसार आधिकारिक रुपमा उनको यो पहिलो विदेश भ्रमण हुनेछ।

भ्रमण को क्रममा राज्यमन्त्री बहराइनका मन्त्रीहरु र गणमान्य व्यक्तिहरु संग छलफल गर्नेछन्। यसका साथै उनी बहराइन मा बसोबास गर्दै आएका भारतीय समुदाय सँग पनि भेट गर्नेछन्। साथै स्वास्थ्य, शिक्षा, व्यापार र सामाजिक सेवा सहित विभिन्न पेशामा संलग्न भारतीय व्यक्ति सँग पनि उनी कुराकानी गर्नेछन्।

दुवै देश यस वर्ष आफ्नो कूटनीतिक सम्बन्ध स्थापना को स्वर्ण जयन्ती मनाउदै छन्।

भारत र बहराइन बीच उत्कृष्ट राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध स्थापित छ। विगत केही वर्षहरुमा यो सम्बन्ध झन् सुदृढ बन्दै गएको छ।

कोभिड १९ महामारीको बेला दुबै देशले एक अर्कालाई सहयोग गरेका थिए।

सन् २०२० नोभेम्बर महिनामा विदेशमन्त्री जयशंकर ले बहराइन को भ्रमण गरेका थिए। सन् २०२१ अप्रिल महिनामा बहराइनका विदेश मन्त्री, अब्दुललातिफ बिन रशीद अल जायनी ले भारत भ्रमण गरेका थिए। सो समय मा दुवै नेतृत्व ले तेस्रो उच्च संयुक्त आयोगको अध्यक्षता गरेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ अगस्ट महिनामा बहराइन को भ्रमण गरेका थिए।

विदेश मन्त्रालयका अनुसार बहराइन मा करिब ३ लाख ५० हजार भारतीय नागरिक बसोबास गर्छन्। उनीहरु बहराइन को सफल नेतृत्व तथा बहराइनका नागरिक बाट सद्भावना प्राप्त गरिरहेका छन्।‌

भारत-बहराइन द्विपक्षीय व्यापार लगभग १ अर्ब अमेरिकी डलर बराबरको रहेको छ।