कोविड १९ खोपको उत्पादन क्षमता बढ्नाले भारतको खोप अभियानलाई अझ बढावा मिल्ने

आइतबार केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मनसुख माण्डवियाले गुजरातको अंकलेश्वरमा रहेको भारत बायोटेकको उत्पादन केन्द्रबाट कोभ्याक्सिनको पहिलो व्यापारिक उत्पादन शुरु गर्नुभएको छ।

भारत बायोटेक को अंकलेश्वर स्थित चिरोन बेहरिङ्ग उत्पादन सुविधाले प्रति महिना १ करोड खोप उत्पादन गर्न सक्दछ।

भारत बायोटेकले पहिले नै हैदराबाद, मलूर, बेंगलुरु र पुणे क्याम्पस स्थित आफ्नो सुविधा केन्द्र बाट खोप उत्पादन गर्न प्रक्रिया अगाडि बढाइसकेको छ। चिरोन बेहरिङ्ग उत्पादन सुविधाले देशको कोभ्याक्सिन उत्पादन क्षमता अझै बढाउनेछ।

कोविड १९ खोपको उत्पादन क्षमता बढ्नाले भारतको खोप अभियानलाई अझ बढावा मिल्नेछ।

आइतबार बिहान ७ बजेसम्मको तथ्याङ्क अनुसार भारतमा हालसम्म ६३ करोड भन्दा बढी खोप खुराक प्रदान गरिएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रीले कोभ्याक्सिन को यस व्यापारिक उत्पादन लाई राष्ट्र को नाम मा समर्पित गर्नुभयो। र यसलाई कोविड १९ विरुद्ध भारतको लडाईमा एक महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

एक आधिकारिक प्रेस विज्ञप्ति अनुसार बायोटेक र जाइडस क्याडिला ले देश मा नै खोप अनुसन्धान र निर्माण गरेर देशको गौरव बढाएको मांडविया ले बताउनुभएको छ।

विश्वव्यापी महामारी बिरूद्ध लड्न भारतको योगदानका बारे कुरा गर्दै उनले भारत सँधै कोविड स्थिति संग लड्न र अन्य देशलाई सहयोग गर्न अग्रपंक्तिमा रहेको पनि बताउनुभयो।

स्वदेशमै खोप निर्माण र उत्पादन गर्नाले भारतमा विश्वको सबैभन्दा ठूलो खोप अभियान संचालन गर्न सकेको उनको भनाइ थियो।

कोभ्याक्सिन खोप उत्पादन गर्नुपूर्व अंकलेश्वर सुविधा मा उपकरण कार्यक्षमता को अध्ययन गर्न इन्जिनियरहरु खटाइएको थियो। र जुन देखि कोभ्याक्सिन खोपको उत्पादन शुरु गरिएको थियो।

भारत बायोटेकका अध्यक्ष तथा प्रबन्ध निर्देशक कृष्ण एल्लाले भने, "विश्वव्यापी सुरक्षा र प्रभावकारिता मापदण्ड अनुसार खोप विकास गर्ने हाम्रो लक्ष्य प्राप्त भएको छ, अब हामीले वार्षिक रुपमा १ अर्ब खोप उत्पादन गर्ने लक्ष्य राखेका छौं।"

भारत बायोटेकले अन्य देशहरुमा पनि खोप उत्पादन गर्न साझेदारी को अन्वेषण गरीरहेको छ। यसका लागि भारत बायोटेकले सुरक्षा मापदण्ड अनुसार निष्क्रिय भाइरल खोपहरु को व्यावसायिक स्तर मा उत्पादन गर्न सक्ने विशेषज्ञता भएको साझेदार को खोजी गरिरहेको छ।