दुबै नेताद्वारा काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आतंकवादी हमलाको कडा निन्दा

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार आफ्ना इटालियन समकक्षी मारियो ड्रागी संग टेलिफोनमा कुराकानी गर्नुभएको थियो। उक्त कुराकानी मा वहाँले अफगानिस्तान मा भएको हाल को घटनाक्रम र यस क्षेत्र र विश्व मा यसको प्रभाव का बारे छलफल गर्नुभएको थियो।

विदेश मन्त्रालय को अनुसार दुबै नेताले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आतंकवादी हमलाको कडा निन्दा गरेका छन्। साथै फसेकाहरुको सुरक्षित स्वदेश फिर्ता को आवश्यकता मा जोड दिएका छन्।

दुवै नेतृत्व ले अफगानिस्तान मा भएको मानवीय संकट र दीर्घकालीन सुरक्षा चिन्ताको सम्बोधन गर्न जी २० राष्ट्र को समर्थन र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता भएको बताएका थिए।

दुई नेताले जी २० एजेन्डामा जलवायु परिवर्तन जस्ता अन्य महत्वपूर्ण मुद्दाहरुमा पनि छलफल गरेका थिए।

यस सन्दर्भमा, उनीहरुले सीओपी -२६ जस्ता अन्य आगामी बहुपक्षीय संलग्नताहरुमा पनि विचार आदान प्रदान गरेका थिए।

प्रधानमन्त्रीले जी २० मा उत्पादन मुलक छलफल गरेकोमा इटालीको गतिशील नेतृत्वको प्रशंसा गर्नुभयो।

दुई नेताहरु अफगानिस्तान को स्थिति तथा द्विपक्षीय र वैश्विक मामिलाहरुमा सम्पर्कमा रहन सहमत भएका छन्।