नेपाल संग बर्षौं देखि स्थापित गहिरो द्विपक्षीय सम्बन्ध अनुसार आवश्यक सहयोग प्रदान

कोविड १९ सङ्क्रमण विरुद्ध एकजुट भएर लड्न का निम्ति भारतले बिहीबार नेपाललाई स्वदेश निर्मित चिकित्सा ऑक्सीजन प्लान्ट उपहार स्वरुप प्रदान गरेको छ।‌‌‌‌

९ सय ६० लिटर प्रति मिनेट क्षमता भएको सो प्लान्ट बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मा स्थापित गरिएको छ। सो प्लान्ट ले प्रतिव्यक्ति ५ लिटर अक्सिजन प्रति मिनेट प्रदान गर्न सक्दछ। एकै साथ यस प्लान्ट ले २ सय विरामी को उपचार मा सहयोग पुर्याउन सक्दछ।

नेपाल स्थित भारतीय दूतावास ले एक विज्ञप्ति मा भनेको छ, " नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सन् २०२१ अगस्ट महिनाको २६ तारिख मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित समारोहमा माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ को उपस्थिति मा ९ सय ६० लिटर प्रति मिनेट क्षमता भएको अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन्।"

समारोहमा बोल्दै राजदूत क्वात्राले भारत र नेपाल बीच स्थापित गहिरो र बहुआयामिक साझेदारी बारे प्रकाश पार्नुभयो। उनले यो उपहार कोविड १९ महामारीको सामना गर्न नेपाल को लागी भारत को निरन्तर प्रतिबद्धता को प्रतीक रहेको बताउनुभयो।

नेपालका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले यो अक्सिजन प्लान्ट कोभिड १९ महामारी सँग लड्न नेपालको प्रयासलाई बलियो बनाउने एक महत्वपूर्ण स्वास्थ्य पूर्वाधार रहेको उल्लेख गर्नुभयो।

उनले दुई दशक अघि भारत सरकार को सहयोगमा धरान मा बीपीकेआईएचएस को निर्माण भएको उल्लेख गर्दै यो एक महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। आज यस अक्सिजन प्लान्ट को स्थापना ले प्रदेश एक र दुई का जनताले लामो समयसम्म स्वास्थ्य सेवा पाउने बारे उनले बताउनुभयो।

भारतीय दूतावासको वक्तव्यमा भनिएको छ, " महामारी को यस संकट को घडी मा भारत नेपाल र नेपाली जनता सँग सँधै साथ मा खडा रहने छ र नेपाल संग बर्षौं देखि स्थापित गहिरो द्विपक्षीय सम्बन्ध अनुसार निरन्तर सहयोग प्रदान गर्न भारत सँधै तयार रहनेछ।"

" कोविड १९ संक्रमण को उपचार मा अक्सिजन एक महत्वपूर्ण ग्यास हो। स्वास्थ्य सेवा केन्द्रहरु र अस्पतालहरुमा यो नभइ नहुने ग्यास हो। कोविड १९ को दोस्रो लहरको को दौरान यो अनुभव गरीएको छ।"

"यस डेबेल चिकित्सा अक्सिजन प्लान्ट को निर्माण रक्षा अनुसन्धान र विकास संगठन ले गरेको हो। यो प्लान्ट निकै लागत प्रभावी छ र अस्पतालले ठाउँ को ठाउँमै चिकित्सा ऑक्सीजन उत्पादन गर्न सक्दछ।"भारतीय दूतावास को बयान मा उल्लेख गरिएको छ।

यस्तो प्रविधि को विकास गर्ने भारत चौथो देश हो। यस प्रविधि मा प्रेशर स्विंग एड्सोर्प्शन प्रविधि र आणविक चलनी प्रविधि को प्रयोग गरी वायुमण्डलीय हावा बाट सीधै अक्सिजन उत्पन्न गरिन्छ।

चिकित्सा अक्सिजन प्लान्टको स्थापनाले अक्सिजन सिलिन्डर निर्भरता धेरै हदसम्म कम हुनेछ। यसबाट सिलिन्डर ढुवानीको रसद घट्नेछ भने चौबीसै घण्टा निरन्तर रुपमा अक्सिजन आपूर्ति उपलब्ध गर्न सकिन्छ।