बाग को मुटु, ज्वाला स्मारकको मर्मत गरी पुनर्स्थापित गरीएको छ

शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले अमृतसरको जलियांवाला बाग स्मारकको जीर्णोद्धार गरिएको परिसर राष्ट्रलाई समर्पित गर्नेछन्।

सन् १९१९ अप्रिल महिनाको १३ तारिख मा बेलायती सेनाले चलाएको अन्धाधुन्ध गोली प्रहार मा परी ज्यान गुमाएकाहरुको स्मृतिमा निर्माण गरिएका थुप्रै संग्रहालय को पनि प्रधानमन्त्री ले उद्घाटन गर्ने छन्।

प्रधानमन्त्री कार्यालय (पीएमओ) का अनुसार प्रधानमन्त्री मोदी भिडियो सम्मेलन मार्फत कार्यक्रम मा सहभागी हुनेछन्। उक्त कार्यक्रममा परिसरको स्तरोन्नति गर्न सरकारले गरेको विकास पहलहरु बारे पनि प्रस्तुति दिइनेछ।

अनावश्यक र कम उपयोग भवनहरु को पुन: उपयोग गरी चार संग्रहालयहरु बनाइएका छन्।

सो संग्राहलय मा पंजाबमा भएका घट्नाहरु का ऐतिहासिक मूल्य प्रदर्शन गरिनेछ। प्रक्षेपण मानचित्रण, ३डि प्रविधि, साथै कला र मूर्तिकला प्रतिष्ठान सहित श्रव्य दृश्य प्रविधिको मिश्रण मा प्रदर्शनी गरिनेछ।

सन् १९१९ अप्रिल १३ तारिख को घट्नालाई पुनः जीवित गर्न श्रव्य दृश्य प्रविधिको मद्दत लिइनेछ।

पीएमओले बिहीबार जारी गरेको एक प्रेस विज्ञप्ति मा उक्त परिसरमा सरकारले सुरु गरेको थुप्रै विकास पहलहरु बारे सूचीबद्ध गरिएको छ।

विस्तृत सम्पदा जीर्णोद्धार कार्य पंजाब को स्थानीय वास्तुकला शैली संग मेल खाएर गरिएको छ।

अत्याधुनिक विकास संरचना को मार्फत शहीदी इनार को मर्मत र पुनर्स्थापन गरीएको छ।

बाग को मुटु, ज्वाला स्मारक, मर्मत सम्भार गरीएको, भत्किएका पोखरी लाई लिली पोखरी को रूप मा कायाकल्प गरीएको छ र आनन्दले ओहोरदोहोर गर्न का लागि मार्गहरु फराकिलो बनाइएको छ।

धेरै नयाँ र आधुनिक सुविधाहरु थपिएको छ। उपयुक्त संकेत राखी ओहोरदोहोर गर्न का लागि मार्गहरु फराकिलो बनाइएको छ। विभिन्न स्थानमा प्रकाश जडान गरिएको छ, विभिन्न बोटविरुवा रोपिएका छन् र बगैचा भर श्रब्य साधन जडान गरिएका छन्।

थप रूपमा मुक्ति बगैंचा, अमर ज्योत र झण्डा फहराउन का निम्ति नयाँ क्षेत्रको विकास गरीएको छ।

केन्द्रीय संस्कृति मंत्री, केन्द्रीय आवास र शहरी मामिला मन्त्री, संस्कृति राज्य मंत्री, राज्यपाल र पंजाब का मुख्यमन्त्री; हरियाणा, उत्तराखण्ड र हिमाचल प्रदेशका मुख्यमन्त्रीहरु; पञ्जाबका सबै लोकसभा र राज्यसभा सांसदहरु, जलियांवाला बाग राष्ट्रिय स्मारक ट्रस्टका सदस्यहरु यस अवसरमा उपस्थित हुनेछन्।