अगस्त १५ तारिख मा तालिबानले काबुलको नियन्त्रण लिएपछि यो पहिलो ठूलो आतंकवादी हमला

भारतले काबुल विमानस्थल नजिकै भएको घातक बम विष्फोटको कडा शब्दमा निन्दा गरेको छ। सो विष्फोट मा परी ६० जना अफगानी नागरिक र १३ जना अमेरिकी सैनिक मारिएका छन् र दर्जनौं भन्दा बढी घाइते भएका छन्। "आज भएको यस आतंकवादी हमलाले सम्पूर्ण विश्व आतंकवाद विरुद्ध र आतंकवादलाई समर्थन दिने तत्व विरुद्ध एकजुट भएर लड्नु पर्ने देखाएको छ।"

“भारतले काबुलमा आज भएको बम विस्फोटको कडा शब्दमा निन्दा गर्दछ। हामी यस आतंकवादी हमलामा मारिएकाहरुको परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं। हाम्रो बिचार र प्रार्थना घाइतेहरु को साथ छ। "विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति मा भनेको छ।

तालिबानले अगस्ट १५ तारिख मा काबुलको नियन्त्रण लिएपछि यो पहिलो ठूलो हमला हो। मिडिया रिपोर्टका अनुसार बिहीबार काबुल विमानस्थल नजिकै दुईवटा बम विस्फोटमा परी कम्तीमा ६० अफगानी नागरिक, १३ अमेरिकी सैनिक मारिएका छन् र सयौं घाइते भएका छन्। एउटा विस्फोट विमानस्थलको प्रवेशद्वार नजिक भएको थियो र अर्को एउटा होटल बाट अलि टाढा भएको थियो।

अमेरिकी सैन्य अधिकारीका अनुसार यस्ता हमलाहरु अझै हुने अनुमान गरिएको छ। काबुल बिमानस्थल हाल अमेरिकी सशस्त्र सेनाको नियन्त्रणमा छ र उनीहरु अफगानिस्तान छोड्न चाहने नागरिकलाई सघाइरहेका छन्। मिडिया रिपोर्ट का अनुसार इस्लामिक स्टेट खोरासन (आईएस-के) ले आक्रमणको जिम्मेवारी लिएको छ।

अमेरिकी राष्ट्रपति जो बिडेनले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता लाने प्रक्रिया नरोक्ने प्रतिबद्धता जनाएका छन्। उनले अमेरिकाले बम विस्फोटका लागि जिम्मेवारहरुलाई नछाड्ने पनि प्रतिक्रिया दिएका छन्। जो यस हमला का लागि जिम्मेवार छन्, जो अमेरिका को हानी गर्न चाहन्छन्, यति बुझ्नु कि हामी यो हमला बिर्सने छैनौं, हमलाको जिम्मेवार लाई माफी देिनेछैनौं र हामी यसको बदला अवश्य लिनेछौं।"

काबुल विमानस्थल मा हजारौं नागरिक अझै फसेका छन् र पछिल्लो आक्रमण का कारण फिर्ती प्रक्रिया झन् ढिलो हुनसक्छ। यसअघि कम्तीमा १ सय ४० जना अफगानी सिख र हिन्दु र अन्यलाई तालिबानले काबुल विमानस्थलमा जानबाट रोकेको थियो। भारतले अफगानिस्तानबाट धेरै फसेका कूटनीतिज्ञ, अफगानिस्तानका नागरिक, हिन्दु र सिखहरु लाई निकालेको छ। विदेश मन्त्रालय र भारतीय वायु सेनाले उद्धारको समन्वय गरिरहेका छन्।