केन्द्रीय स्वास्थ्य सचिव द्वारा कोविड १९ खोप को समीक्षा को क्रममा यो बिषयमा छलफल भएको थियो

बिधालय का शिक्षक तथा कर्मचारीलाई कोविड १९ खोप प्रदान गर्न राज्य तथा केन्द्र शासित प्रदेश सरकारले अगस्ट २७ देखि ३१ तारिख सम्म मा थप २ करोड खोप पाउने भएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यस खोप कार्यक्रम का लागि राज्य र केन्द्र शासित प्रदेशहरु युडिआईएसई (एकीकृत शिक्षा जिल्ला सूचना प्रणाली) को तथ्याङ्कको उपयोग गर्न सक्छन् र राज्य, केन्द्रीय विद्यालय संगठन, र नवोदय विद्यालय संगठन संग समन्वय गर्न सक्छन्।

बुधवार केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषण द्वारा कोविड १९ खोप को समीक्षा को क्रममा यो बिषयमा छलफल भएको थियो।

बैठकको क्रममा, राज्य र केन्द्र शासित प्रदेशहरुलाई चाँडो भन्दा चाँडो दोस्रो खोप खुराक प्रदान गर्न र सरकारी तथा निजी विद्यालय का शिक्षक र कर्मचारीहरुलाई खोप प्रदान गर्न सल्लाह दिइएको थियो।

केन्द्रीय स्वास्थ्य सचिवले दोस्रो खोप खुराक प्रदान गर्न एक निश्चित जिल्ला स्तरीय योजना हुनुपर्नेमा जोड दिएका थिए।

राज्यहरुलाई दोस्रो खोप खुराक प्रदान गर्न विशिष्ट दिनहरु/ विशिष्ट टीकाकरण स्थलहरु/हर दिन/ विशिष्ट समय/ छुट्टै कतार को योजना बनाउन सल्लाह दिइएको छ।

त्यस्तै नागरिक माझ खोप जागरुकता बढाउन व्यापक आईईसी अभियान चलाउन पनि राज्य सरकारलाई आग्रह गरिएको छ। यसका साथै राज्यहरुलाई सबै भन्दा कम खोप प्रदान गरिएको जिल्ला पहिचान गरी आवश्यक कदम चाल्न पनि आग्रह गरिएको छ।

आगामी चाडपर्वको मौसममा कोभिड मामिलामा बृद्धि हुनसक्ने सन्दर्भमा केन्द्रीय स्वास्थ्य सचिवले राज्यहरु र केन्द्र शासित प्रदेशहरुलाई सचेत रहन र महामारीको प्रसार रोक्न हर सम्भव सार्वजनिक स्वास्थ्य उपायहरु अपनाउन सल्लाह दिनुभएको छ।‌

स्वास्थ्य मन्त्रालयका अनुसार उनले ओनाम पछि केरला मा अचानक कोविड संक्रमण उच्च भएको उदाहरण दिनुभएको थियो।