सन् २०१२ देखि अल कायदा र इस्लामिक स्टेटका आतंकवादी समूह मा संलग्न सशस्त्र समूह माली, बुर्किना फासो र नाइजर मा सक्रिय छन्

अगस्ट १९ तारिख मा मालीमा सशस्त्र सेनाको एक समुह माथि भएको आतंकवादी हमलामा १५ सैनिकको क्रूर हत्या गरिएको थियो। बिहिबार भारतले सो आतंकवादी हमलाको कडा निन्दा गरेको छ। सो आतंकवादी हमला पश्चिम अफ्रिकी राष्ट्र मालीको मोप्ती क्षेत्रमा भएको थियो।

"हामी मारएका सैनिकहरुको परिवार, जनता र माली सरकार प्रति गहिरो समवेदना प्रकट गर्दछौं र अन्य सबै घाइते सैनिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं," विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।

मालीको मध्य मोप्ती क्षेत्रमा एउटा रोकिराखेको गाडी माथि आक्रमण गरी विस्फोट हुँदा १५ सैनिक मारिएका थिए र १० जना घाइते भएका थिए।

माली सेनाले बताए अनुसार सैनिकहरु दौन्जा शहर बाट बोनी को लागी जाँदै थिए। त्यसैबेला एक वाहन माथि आक्रमण गरी विस्फोट गराइएको थियो।

यो हमलाको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन। तर त्यहाँ अल कायदा संग सम्बन्धित समूहको केही निशान देखिएको छ। यस क्षेत्रमा यो समुह वर्षौंदेखि सक्रिय छन्।

मोप्ती पश्चिमी अफ्रिकी देशमा आतंकवाद बाट सबैभन्दा प्रभावित क्षेत्रहरु मध्ये एक हो। माली सन् २०१२ देखि आतंकवादको शिकार भएको छ।