अगस्ट १७ तारिख मा ३१ वटा एम्बुलेन्स हस्तान्तरण

कोविड १९ नियन्त्रण गर्ने साझा प्रयास तथा स्वास्थ्य सहकार्य बढाउने उद्देश्य ले बुधबार भारतले बंगलादेशलाई ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ।

अगस्ट १७ तारिख मा भारतले बंगलादेशलाई ३१ वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको थियो।
बंगलादेश स्थित भारतीय उच्चायोगले बुधबार जारी गरेको एक विज्ञप्तिमा भनिए अनुसार बुधबार पठाएको ४० वटा एम्बुलेन्स पेट्रापोलमा पुगेको छ। बेनापोल भन्सार मा चेकजाँच भएपछि तिनलाई ढाका पठाइनेछ।

यस वर्ष मार्च महिनाको २६-२७ तारिख मा बंगलादेश को भ्रमण को क्रममा प्रधानमन्त्री मोदीले बंगलादेश लाई १ सय ९ वटा जीवन रक्षक एम्बुलेन्स सहयोग गर्ने वाचा गर्नुभएको थियो।

भारतीय उच्चायोगको बयान अनुसार बाँकी ३८ वटा एम्बुलेन्स सेप्टेम्बर महिनाको मध्य सम्म ढाका पुग्नेछ।

यस सहयोग को उद्देश्य बंगलादेश सरकारलाई कोविड १९ महामारी विरुद्ध लड्न सघाउनु रहेको छ।

यस सहायताले भारतको बंगलादेश का भ्रातृ जनता प्रति रहेको सद्भाव को प्रतिनिधित्व गर्दछ। स्वास्थ्य क्षेत्रमा भारत बंगलादेश को दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको छ।