आयुष मन्त्रालय: 'प्रेरित समाचार लेख तथ्यहरुको गलत व्याख्या गर्ने र गिलास आधा खाली देख्ने एउटा परम्परागत शैली बाहेक केही होइन।'

विगत केही दिन देखि केही मिडिया आयुर्वेद र विशेष गरी आयुष मन्त्रालय को बिरुद्ध समाचार सम्प्रेषण गर्दै आएको छ। यस्तो 'दुर्भावनापूर्ण अभियान' विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको छ।

अहिले सम्म‌ समीक्षा नभएको एक सानो अध्ययन को आधार मा मिडिया यस्तो प्रचारबाजी गर्दै हिंडेको मा आयुष मन्त्रालयले भनेको छ, "प्रेरित समाचार लेख तथ्यहरुको गलत व्याख्या गर्ने र गिलास आधा खाली देख्ने एउटा परम्परागत शैली बाहेक केही होइन।"

मन्त्रालयले आयुष ६४ को बचाव गर्दै यो कोविड १९ व्यवस्थापन मा प्रयोग गरिने यो एक आयुर्वेदिक औषधि भएको र यसको प्रभावकारिता मा धेरै ठुलो अध्ययन भएको तथा सो अध्ययनले यो औषधि निकै प्रभावकारी भएको बताएको छ।

बिहिबार आयुष मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, " यस समाचार लेखले मात्र एउटा अध्ययन को उद्धरण गरेको छ (जबकि आफैले स्वीकार गरेको छ कि सो अध्ययन एउटा सानो, प्रारम्भिक अध्ययन हो)। त्यो पनि यस्तो पूर्व प्रकाशन जो आयुष मन्त्रालयको प्रयास र इमान्दारिता माथि प्रश्न चिन्ह खडा गर्न चाहेको छ। यस प्रकाशनले आयुष मन्त्रालय का विवेकशील कर्मचारी (आयुष अन्तर अनुशासनात्मक आर एण्ड डी) तथा आयुर्वेदिक र एलोपेथि का कुशल शोधकर्ताहरु का विशेषज्ञता माथि प्रश्न खडा गरेको छ।"

यो पूर्व प्रकाशन आयुर्वेद राष्ट्रीय संस्थान, जयपुर र अखिल भारतीय चिकित्सा विज्ञान संस्थान, जोधपुर को बीच एक सहयोगी अनुसन्धान परियोजना अनुसार गरिएको हो।

"दुबै संस्थाहरु प्रतिष्ठित छन् र सम्बन्धित क्षेत्रहरुमा प्रशिक्षण दिने र अनुसन्धान गर्ने एक शीर्ष केन्द्र हुन्। दुवै केन्द्र ले‌ लामो समय देखि बिरामी हेरचाह र रोग उपचार गर्दै आएका छन्। यस्ता प्रतिष्ठित केन्द्रहरुको अध्ययन को नतिजा मा गलत समाचार प्रकाशन गर्ने को हामी कडा निन्दा गर्दछौं।"

मन्त्रालयले डाक्टर जयकरण चरणसँग पनि कुराकानी गरेको छ। उनलाई गलत तरिकाले आयुष ६४ मुद्दामा मिडियाले उद्धृत गरेको छ।

मन्त्रालयले भने कि डा जयकरनले स्पष्ट रूपमा अस्वीकार गरेका छन् र भनेका छन्, "मैले कहिल्यै आयुष ६४ अप्रभावी वा बेकार भएको भनेको छैन। यसको विपरीत आयुष ६४ औषधि ले अत्यन्त प्रभावकारिता देखाएको छ… नतिजा ले स्पष्ट रूपमा आयुष ६४ एक सुरक्षित औषधि भएको प्रमाणित गरेको छ। सांख्यिकीय तथ्यांक मा 'कुनै फरक नभएको' भन्नाले समान प्रभावकारिता भएको बुझिन्छ।"

मन्त्रालयका अनुसार पूर्व-प्रकाशन मा स्पष्ट रूपमा भनिएको छ कि "५ औं दिनमा आरटी-पीसीआर नकारात्मक नतिजाको अध्ययन गर्दा आयुष ६५ औषधि सेवन गरेका २१ जना (७० प्रतिशत) व्यक्ति र नियन्त्रण समूहका १६ जना (५४ प्रतिशत) व्यक्तिमा ५ औं दिनमा आरटी-पीसीआर नकारात्मक देखिएको थियो।"

"यद्यपि आयुष सेवन गरेका व्यक्ति मा नकारात्मक आरटी-पीसीआर धेरै थियो। तर यो भिन्नता सांख्यिकीय रुपमा महत्वपूर्ण थिएन (पी=०.२८)। ज्वरो र श्वसन लक्षण र प्रयोगशाला मापदण्डहरु का आधारमा दुई समूहहरु बीच कुनै सांख्यिकीय महत्वपूर्ण अंतर थिएन। आकलन अवधि मा कुनै पनि समूह मा कुनै गम्भीर प्रतिकूल असर देखिएको थिएन।"

यी समाचार लेखहरु निष्पक्ष समाचार प्रकाशन को सिद्धान्त को बिरुद्ध जान्छन्। सीमित नमूना मा गरिएको एक प्रारम्भिक अध्ययन को नतीजा सामान्यीकरण गर्नु गलत हो। सो अध्ययनमा प्रतिशत को हिसाबले औषधि प्रभावकारी देखिए पनि सानो नमुना आकार मा गरिएको अध्ययन का कारण यसको नतिजा पक्का गर्न सकिदैन र यसैले यो सांख्यिकीय हिसाबले नगण्य भनिएको हो।

मन्त्रालयले भन्यो, "ठूलो नमूना आकार र बहुकेन्द्रीय अध्ययन अनुसार यो औषधि निकै प्रभावकारी भएको देखिएको छ। सो लेख आफैंले पनि ठूलो नमूना आकार अध्ययन आवश्यक भएको बताएको छ।"