४७ करोड १९ लाख ५ सय २० जनाले पहिलो खुराक पाइसकेका छन्

केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले बिहीबार साँझ ट्विटरमा भन्नुभए अनुसार भारतको ५० प्रतिशत जनसंख्या ले कोविड १९ खोप को पहिलो खुराक प्राप्त गरिसकेका छन्।

मन्त्रीले यसलाई "अभूतपूर्व उपलब्धि" को रूपमा वर्णन गर्नुभएको छ।

"भारत ले अभूतपूर्व उपलब्धि हासिल गरेको छ!
योग्य जनसंख्या को ५० % ले #कोविड१९ खोप को पहिलो खुराक प्राप्त गरेका छन्। यसलाई जारी राखौं र भारत हामी सबै मिलेर कोरोना संग लडौं।" उनले ट्विटर मा भन्नुभयो।

भारत मा १८ बर्ष भन्दा माथिका सबै मानिसहरु कोभिड १९ खोप को लागी योग्य छन्।

भारतमा हालसम्म ६१ करोड भन्दा बढी खोप खुराक प्रदान गरिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार ६१ करोड १० लाख ४३ हजार ५ सय ७३ खोप खुराक प्रदान गरिएको छ।

बिहीबार साँझ ७ बजेसम्म करिब ४७ करोड १९ लाख ५ सय २० जनाले पहिलो खुराक पाइसकेका छन्।

१३ करोड ९१ लाख ४३ हजार ५३ जनाले खोप को दोस्रो खुराक लगाएका छन्।

भारतले यस बर्ष जनवरी १६ तारिख देखि विश्वको सबैभन्दा ठूलो खोप अभियानको सुरुवात गरेको थियो। पहिलो चरणमा स्वास्थ्य कर्मी त्यसपछि अग्रपंक्तिमा काम गर्ने कर्मीलाई खोप लगाइएको थियो।

क्रमशः ६० वर्ष उमेर समूहका लागि पनि खोप अभियान को संचालन गरियो र त्यसपछि ४५ वर्ष भन्दा माथिका उमेर समूहका लागि पनि खोप कार्यक्रम संचालन मा ल्याइएको थियो।

हाल १८ वर्ष देखि का सबै उमेर समूहका लागि खोप कार्यक्रम संचालनमा छ।