भारतद्वारा अमेरिकासँग स्वच्छ उर्जामा काम गर्न प्रतिबद्ध रहेको स्पष्टोक्ति

स्वच्छ ऊर्जामा भारत अमेरिकी साझेदारीलाई अगाडि बढाउनका लागि अमेरिकी जलवायु परिवर्तनका लागि विशेष राष्ट्रपति दूत जोन केरी अर्को महिना भारत भ्रमणमा आउनु हुने सम्भावना रहेको छ।

अमेरिकी राष्ट्रपति जो बिडेनले नियुक्त गरेपछि केरीको यो दोस्रो भारत भ्रमण महत्वपूर्ण हुनेछ। उनको यो भ्रमण नोभेम्बरमा हुन लागेको संयुक्त राष्ट्र जलवायु परिवर्तन वार्ता (सीओपी-२६) को अगाडि हुन लागेको हो।

केन्द्रीय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले मंगलबार उनीसँग टेलिफोन वार्ता गर्नुभएको थियो। त्यसपछि भारत सरकारले सेप्टेम्बरमा केरीको सम्भावित भ्रमणको घोषणा गरेको थियो।

छलफलको क्रममा, भारत र संयुक्त राज्य अमेरिका जलवायु कार्यहरुमा रचनात्मक संलग्नता बढाउन सहमत भएका छन्।

एक आधिकारिक बयान अनुसार यादवले भारत अमेरिका सँग स्वच्छ उर्जामा काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।

दुबै पक्षले भारत अमेरिका जलवायु र स्वच्छ ऊर्जा एजेन्डा २०३० साझेदारी अन्तर्गत जलवायु कार्य र वित्त परिचालन संवाद (सिएएफएमडि) निगरानी, र अन्य सम्बन्धित मुद्दाहरु मा छलफल गरेका थिए।

दुबै पक्ष जलवायु कार्यहरुमा रचनात्मक संलग्नता बढाउन सहमत भएका छन्।

एक आधिकारिक विज्ञप्ति अनुसार, पर्यावरण मन्त्रीले यी मञ्च मार्फत जलवायु कार्यहरु को निम्ति एक साथ काम गर्न अधिक अवसर प्रदान गर्ने बताउनुभएको छ।

केरीले जलवायु र स्वच्छ ऊर्जा एजेन्डा २०३० साझेदारी (एजेन्डा २०३० साझेदारी) अन्तर्गत जलवायु कार्य र वित्त परिचालन संवाद (सिएएफएमडि) गरिएको बताएका छन्। यस सम्वाद बाट पेरिस सम्झौता का लक्ष्यहरु पूरा गर्न कार्यहरु अघि बढाउन सकिनेछ।