भारतीय इन्जीनियरिंग उत्पादनहरु को लागि आसियान क्षेत्र तेस्रो ठूलो निर्यात गन्तव्य

केन्द्रीय वाणिज्य तथा उद्योग राज्यमन्त्री अनुप्रिया पटेल का अनुसार आर्थिक वर्ष २०२१-२२ मा ४६ अर्ब अमेरिकी डलरको निर्यात लक्ष्य सहित आसियान भारतको लागी एक महत्वपूर्ण क्षेत्र बन्नेछ।

भारतले यस आर्थिक वर्षमा ४ सय अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य लिएको छ। आसियान मा निर्धारण गरिएको निर्यात लक्ष्य ले भारतको यो उद्देश्य पूरा हुन मद्दत गर्ने छ।

एक आधिकारिक बयान अनुसार, पटेलले भारत र आसियान दुवै क्षेत्र का लागि व्यापार एक महत्वपूर्ण इन्जिन हुने बताएकी छिन्।

पटेल विदेश मन्त्रालय र वाणिज्य विभागको सहयोगमा इन्जिनियरिङ निर्यात प्रवद्र्धन परिषद (इइपिसी) द्वारा आयोजित "भारत-आसियान ईन्जिनियरिङ् साझेदारी शिखर सम्मेलन" को उद्घाटन समारोहमा बोल्दै थिइन्। यस सम्मेलन को मुख्य उद्देश्य इन्जिनियरिङ क्षेत्रमा सहयोग अभिवृद्धि गर्नु थियो।

ईन्जिनियरिंग उत्पादन ले व्यापार निर्यात को एक चौथाई हिस्सा ओगट्ने मन्त्री ले बताइन्। यो क्षेत्र सबै निर्यात क्षेत्रहरु मध्ये सबैभन्दा ठूलो विदेशी मुद्रा कमाउने क्षेत्र मा पर्दछ। विगत केही वर्षहरूमा यस क्षेत्रले उल्लेखनीय प्रदर्शन गरेको छ।

आसियानले भारत को वैश्विक ईन्जिनियरिङ् ढुवानी मा १५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ। यस क्षेत्र मा २०२१-२२ को लागी १६ अर्ब अमेरिकी डलर निर्यात लक्ष्य निर्धारण गर्न सकिन्छ।

भारत र आसियान दुबै मा कुशल जनसंख्या, बलियो सेवा र विनिर्माण क्षेत्र को एक ठूलो हिस्सा रहेको र यहाँ धेरै पूरक क्षेत्रहरु र उत्पादनहरु रहेको मन्त्रीले बताएकी छिन्।

लगभग ५.८ खर्ब डलर को संयुक्त अर्थव्यवस्था सहित भारत र आसियान बीच व्यापार र लगानी साझेदारी बढाउने महत्वपूर्ण सम्भावना रहेको उनले बताइन्।

सरकारले प्रत्यक्ष विदेशी लगानीको लागी भारतलाई अझ आकर्षक गन्तव्य स्थल बनाउन धेरै उपायहरु गरेको छ। पटेलले भनिन्।

वाणिज्य मन्त्रालयका अनुसार ईयू र उत्तरी अमेरिका पछि आसियान भारतीय इन्जीनियरिंग उत्पादनहरु को तेस्रो ठूलो निर्यात गन्तव्य हो।

आसियान सदस्य राष्ट्रहरु मध्ये, सिंगापुर र मलेशिया भारतीय इन्जीनियरिंग उत्पादनहरु का लागी प्रमुख निर्यात गन्तव्य हुन।