केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ६० लाख भन्दा बढी खोप खुराक प्रदान

भारतमा हालसम्म ५९ करोड भन्दा बढी खोप प्रदान गरिएको छ।

बुधबार बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार गत २४ घण्टामा ६१ लाख ९० हजार ९ सय ३० खोप खुराक प्रदान गरिएको छ। यसैका साथ हालसम्म भारतमा कुल ५९ करोड ५५ लाख ४ हजार ५ सय ९३ खोप खुराक प्रदान गरिएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार यी सम्पूर्ण खोप खुराक ६५ लाख ५२ हजार ७ सय ४८ सत्र मार्फत प्रदान गरिएको हो।

यसका साथै राज्य सरकार र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा अनुसार लगातार ५९ दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका छन्।

गत २४ घण्टामा ३७ हजार ५ सय ९३ जना नँया संक्रमित विरामी थपिए भने ३४ हजार १ सय ६९ जना निको भएका छन्। जसका कारण हालसम्म ३ करोड १७ लाख ५४ हजार २ सय ८१ जना विरामी निको भइसकेका छन्।

यसका साथै भारतको संक्रमण मुक्त दर ९७.६७ प्रतिशत पुगेको छ।

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख २२ हजार ३ सय २७ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को ०.९९ प्रतिशत हो।

गत २४ घण्टामा १७ लाख ९२ हजार ७ सय ५५ वटा नमुना परीक्षण गरिएको छ। हालसम्म देशमा ५१ करोड ११ लाख ८४ हजार ५ सय ४७ वटा नमुना परीक्षण भइसकेको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर १.९२ प्रतिशत पुगेको छ। लगातार ६१ दिन यो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मक दर २.१० प्रतिशत पुगेको छ।
लगातार ७९ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार ३० दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।