भारतले अफगानिस्तान बाट भारत आउन चाहने सबैको लागी ई-भिसा अनिवार्य बनाएको छ।

"अफगानिस्तान मा विद्यमान सुरक्षा स्थिति र ई-आपतकालीन एक्स-मिस्क भिसा को लागू भएका कारण अब सबै अफगान नागरिकहरु ई भिसा लिएर मात्र भारत आउन पाउने छन्" गृह मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अनुसार केही अफगानी नागरिक को राहदानी हराएको छ, पहिले देखि भिसा पाएका तर हाल देशमा नरहेका अफगान नागरिकहरुको भिसा तत्काल अमान्य ठहराइन्छ। भारत आउन चाहने अफगान नागरिकहरुले indianvisaonline.gov.in मा ई-भिसा को लागी आवेदन दिन सक्छन्।

अगस्त १७ तारिख मा, भारत सरकारले अफगानिस्तानको बिग्रदो स्थित का कारण अफगानी नागरिक को तत्काल भारत प्रवेशका निम्ति इलेक्ट्रोनिक भिसा-'ई-आपतकालीन एक्स-मिस्क भिसा' को एक नयाँ श्रेणी पेश गरेको थियो।

पहिले अफगानिस्तानलाई ई-भिसा को श्रेणी अन्तर्गत राखिएको थिएन। भिसाका लागि भौतिक रुपमा दूतावास मा पेश हुनुपर्दथ्यो। तर अब, काबुल को स्थिति का कारण दुतावास बन्द गरिएको छ। त्यसकारण ई-भिसा खोल्ने निर्णय लिइएको हो।

नयाँ ई-भिसा प्रावधान अनुसार, सबै अफगानी नागरिक ले आवेदन दिन सक्छन्। आवेदनहरुको छानबिन गरी दिल्लीमा निर्णय गरिनेछ। छ महिना को लागी एक भिसा दिईनेछ, र आवेदक को एक पूर्ण सुरक्षा समीक्षा गरिनेछ।