मात्र १४ हजार ६ सय मानिसको सर्वेक्षण ले सम्पूर्ण देशवासी को भावना परिभाषित गर्न सक्दैन

बीबीसी को "महामारी र सुस्त बृद्धि को मोदी मा नकरात्मक प्रभाव" नामक लेख केही मानिसको सर्वेक्षण र तिनका भनाइ वरिपरि घुमेको छ। यसलाई भारत विरुद्ध गलत धारणा र प्रचार गर्न एक आधार को रूप मा प्रयोग गरिएको छ। यस लेखमा जुलाई २०२१ मा इंडिया टुडे ले गरेको एक सर्वेक्षण लाई आधार बनाइएको छ। जसअनुसार प्रधानमन्त्री मोदीको नराम्रो चित्रण गरिएको छ।

साथै, यस लेख ले सर्वेक्षण को‌ नतिजालाई गलत प्रस्तुत गरेको छ। उदाहरण को लागी लेख मा भनिएको छ, " जम्मा २४ प्रतिशत उत्तरदाताले ७० वर्षीय नेतालाई भारत को आगामी प्रधानमन्त्री को लागी सबैभन्दा उपयुक्त उम्मेदवार मानेका छन्।"

यो लेखमा प्रधानमन्त्री मोदीले सर्वेक्षणमा सबैभन्दा धेरै मत पाएको उल्लेख गरिएको छैन। साथै, सर्वेक्षणमा मोदी (२४ प्रतिशत), उत्तर प्रदेशका मुख्यमन्त्री र भाजपा नेता योगी आदित्यनाथ (११ प्रतिशत) र केन्द्रीय गृहमन्त्री अमित शाह (७ प्रतिशत) मत प्राप्त गरेका थिए।

सर्वेक्षणमा १६ प्रतिशत उत्तरदाताहरुले मोदीको प्रदर्शनलाई "उत्कृष्ट", ३८ प्रतिशतले "राम्रो", ३० प्रतिशतले "औसत", ११ प्रतिशतले "नराम्रो" र ५ प्रतिशतले "धेरै नराम्रो" भनेर उत्तर दिएका थिए। अर्थात् ५४ प्रतिशत ले मोदीको प्रदर्शनप्रति सकारात्मक दृष्टिकोण राखेको देखिन्छ। बीबीसीको लेखले यो नतिजालाई पनि बेवास्ता गरेको छ।

"भारतको अहिले सम्मको सबैभन्दा राम्रो प्रधानमन्त्री को हो?" भन्ने प्रश्नको जवाफमा २७ प्रतिशत उत्तरदाताहरुले प्रधानमन्त्री मोदी, १९ प्रतिशतले अटल बिहार वाजपेयी, १४ प्रतिशतले इन्दिरा गान्धी, ११ प्रतिशतले मनमोहन सिंह, ८ प्रतिशतले जवाहरलाल नेहरु , ७ प्रतिशतले राजीव गान्धी, ६ प्रतिशतले लालबहादुर शास्त्री, ३ प्रतिशतले पीवी नरसिंह राव, र २ प्रतिशत ले वीपी सिंह र मोरारजी देसाई भनेका थिए।

यसको मतलब धेरै मानिसहरुले मोदी लाई भारत को सर्वश्रेष्ठ प्रधानमन्त्री को रूप मा चुनेका छन्। जवाहरलाल नेहरू, अटल बिहारी वाजपेयी, र इन्दिरा गान्धी जस्ता लोकप्रिय पूर्व प्रधानमन्त्रीहरु संग को प्रतिस्पर्धा मा मोदीले राम्रो प्रदर्शन गरेका छन्। बीबीसी को लेख मा यो उल्लेख छैन।

यो लेखमा सन् २०२१ को विधानसभा चुनाव मा भाजपा को "पश्चिम बंगाल मा हार" को बारेमा उल्लेख गरिएको छ। तथ्य यो हो कि भाजपा पश्चिम बंगाल मा विधानसभा चुनाव हारेतापनि पार्टीले धेरै प्रभावशाली प्रदर्शन गरेको थियो।

२०१६ को विधानसभा चुनावमा पार्टीले तीन सिट जितेको थियो र १० प्रतिशत मत पाएको थियो। २०२१ को चुनावमा, पार्टी ले ७७ सिट जित्न सफल भएको थियो र ३८.१३ प्रतिशत मत परिणाम साझा गरेको थियो। मोदीको पार्टीले वामपन्थी र कांग्रेसलाई पछाडी पारेको थियो। यी पार्टी ले भारतको स्वतन्त्रता पछि ६५ वर्ष सम्म यी क्षेत्रमा राज गरेका थिए। हाल भाजपा त्यस क्षेत्रमा एक मात्र विपक्षी दल बन्न पुगेको छ।

लेखमा भनिएको छ कि प्रधानमन्त्री मोदीले "विभाजनकारी कुटनीति र साम्प्रदायिक तनाव भड्काउने" राजनीति गरिरहेका छन्।

त्यसोभए, के लेखक यो भन्न खोज्दै हुनुहुन्छ कि २०१९ को लोकसभा चुनावमा एनडीए को लागी मतदान गर्ने करिब ३० करोड देशवासी प्रधानमन्त्री मोदी को "विभाजनकारी" राजनीति बाट प्रभावित भएका थिए? एनडीएले २०१९ को आम चुनावमा ४५ प्रतिशत मत प्राप्त गरेको थियो जसमा ६१ करोड ४६ लाख ८४ हजार ३ सय ९८ जनाले मत हालेका थिए। सत्य यो हो कि प्रधानमन्त्री मोदीले आफ्नो सरकारको उपलब्धिहरु र अर्थव्यवस्था, राष्ट्रिय सुरक्षा, आतंकवाद विरोधी अभियान, र सामाजिक कल्याण को मोर्चा मा दृढ निर्णयहरु का कारण चुनाव मा जीत हासिल गरेका थिए।

लेखमा भनिएको छ कि "मोदी एक ध्रुवीकरणीय नेता हुन।" प्रत्येक चुनाव मा कांग्रेस नेता राहुल गान्धी को मन्दिर धाउने नीति लाई के भन्नुहुन्छ? उता टीएमसी ले‌ पनि भर्खरको विधानसभा चुनाव मा आफूलाई आदिवासी र भाजपालाई बाहिरी दल भन्दै दुष्प्रचार गरेको थियो। चुनावी अभियानको क्रममा, टीएमसी प्रमुख ममता बनर्जीले राज्यभरि का शिव, काली, कृष्ण र दुर्गा मन्दिरको भ्रमण गरेकी थिइन्। उनको 'आरती' प्रदर्शन र पूजा अर्चना को भिडियो प्रत्यक्ष प्रसारण गरीएको थियो।

२०१९ को आम चुनावमा, त्यहाँ सयौं पोस्टर र ब्यानरहरु थिए जसमा उनी आफ्नो टाउकोमा हिजाब पहिरी नमाज गरिरहेको तस्वीरहरु राखिएको थियो।

*** लेखक दिल्लीका पत्रकार हुनुहुन्छ; व्यक्त विचारहरु उनका आफ्नै हुन्।