चीनले पाकिस्तानलाई अफगानिस्तानमा आफ्नो प्रवेशको लागि अनुकूल वातावरण मिलाउन दबाब दिनसक्छ

अफगानिस्तान मा चीन को प्रभाव बढ्दै गएको अवस्थामा भारत पाकिस्तान द्वन्द्व नयाँ चरणमा प्रवेश गर्ने देखिन्छ। चीन सन् २००८ मा सम्झौता गरिएको तर हालसम्म हुन नसकेको मेस आयनक तामा खानी परियोजना पुनः सुरु गर्न इच्छुक छ, तर तालिबानको डरले परियोजना अघि बढ्न सकेको छैन। साथै चीन अफगानिस्तान मा सडक निर्माण गरी त्यहाँ को खनिज आफ्नो हितको लागि प्रयोग गर्न चाहन्छ।

तालिवानले चीन विकासको साझेदार हुन सक्छ भनेर बयान दिएको छ। तालिबानले ईटीआईएम (पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन) को पुनरुत्थानलाई रोक्ने चीनले आशा गरेको छ। चीनले पाकिस्तानलाई अफगानिस्तानमा आफ्नो प्रवेशको लागि अनुकूल वातावरण मिलाउन दबाब दिनसक्छ।

अफगानिस्तानमा भारत पाक दुश्मनी पाकिस्तानको पक्षमा समाप्त नहुन सक्छ। भारत पाक द्वन्द हाल केही समय को लागि रोकिएको छ। पछि यो कुन दिशामा जान्छ, यो तालिबान को दृष्टिकोण मा निर्भर गर्दछ। चीन को प्रवेश पाकिस्तान को पक्ष मा हुने वा नहुने त्यो हेर्न बाँकी नै छ।

ऐतिहासिक रूपमा, अफगानिस्तान भारत-पाक युद्धको मैदान हुँदै आएको छ। दुबै राष्ट्रहरुले विभिन्न कारणहरु का कारण अफगानिस्तान मा आ-आफ्नो प्रभाव बढाउन खोजिरहेका छन्।

भारतले अफगानिस्तान सँग निकट सम्बन्ध स्थापित गर्न खोज्दा पाकिस्तान चिन्तित हुने गर्थ्यो। जब पाकिस्तान अफगानिस्तान को नजिक हुन्थ्यो, भारतलाई टाउको दुख्थ्यो। सन् १९५० पाकिस्तान लाई बेवास्ता गर्दै भारत र अफगानिस्तान ले मैत्री सन्धिमा हस्ताक्षर गरेका थिए।

यदि भारत अफगानिस्तान को नजिक हुने हो भने भारतले पाकिस्तान विरुद्ध अफगानी भूमि प्रयोग गर्न सक्छ भन्ने पाकिस्तान को डर हो। पाकिस्तानले हाल का समय मा भारतीय गुप्तचर विभाग र र अफगानी गुप्तचर विभाग एनडीएस लाई पाकिस्तानलाई निशाना बनाएको आरोप लगाउँदै आएको छ।

पाकिस्तानले अफगानिस्तानमा रहेका भारतीय दूतावासहरुले पाकिस्तान विरोधी आतंकवादी समूहहरु, टीटीपी (तेहरिक-ए-तालिबान पाकिस्तान) र बलुच स्वतन्त्रता सेनानीहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आएको दाबी गरेको छ। पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको टोलो न्यूजसँगको हालैको छलफलमा भनेका थिए, "कहिलेकाहिँ हामीलाई लाग्छ कि उनीहरुको उपस्थिति सायद यो भन्दा ठुलो छ किनकि उनीहरु तपाइँ संग सीमा साझा गर्दैनन्।"

जबकि पश्चिमी राष्ट्रहरु को तुलना मा अफगानिस्तान मा सबै भन्दा कम भारतीय कूटनीतिक अधिकारीहरु रहेका छन्। कुरैशी र अन्य पाकिस्तानी नेताहरु ले अफगानिस्तान मा भारतीय उपस्थिति लाई आफ्नो भूमि मा हुने सबै आतंकवादी हमलाहरु को लागी दोषी ठहराउने बहाना को रूप मा प्रयोग गर्दै आएका छन्। हालै भएको दसु बांध परियोजना हमलाका लागि पनि पाकिस्तान ले भारतलाई जिम्मेवार ठहराएको छ। यस हमलामा नौ जना चिनियाँ ईन्जिनियरहरुको मृत्यु भएको थियो।

पाकिस्तानको सैन्य नेतृत्वले टीटीपीलाई अफगानी तालिवानको समर्थक को रुपमा व्याख्या गरेका छन्। पाकिस्तानका सेना प्रमुख बाजवाले पाकिस्तानी सदनमा टीटीपी र तालिबान एकै सिक्का का दुई पक्ष हुन् भनेर भनेका थिए। पाकिस्तानी सेना र सरकारले टीटीपी का अगाडि तालिबान हारेको पनि भनेका छन्।

यसको जवाफमा तालिवानले पाकिस्तानलाई टीटीपीको साथ कुराकानीमा संलग्न हुन अनुरोध गरेका छन्। किनकी उनीहरु टीटीपी लाई आफ्नो संगठनको एक हिस्साको रूपमा लिन्छन् र उनीहरू विरूद्ध काम गर्न चाहदैनन्।

केही समाचार अनुसार काबुल मा कब्जा गरेपछि तालिबानले बाग्राम काबुल जेलबाट कैदीहरूलाई रिहा गरेका थिए। जसमा टीटीपीका वरिष्ठ प्रतिनिधिहरू पनि थिए। यी प्रतिनिधि लाई पाकिस्तान ले आफूलाई हस्तान्तरण गर्न माग गरिरहेको थियो।

पाकिस्तान ले अफगानिस्तानमा भारतीय प्रभाव बढ्दै जाने मा पनि डराएको छ। भारतले अफगानिस्तान मा थुप्रै विकासशील परियोजनाहरू संचालन गरेको छ, त्यहा भारतीय चिकित्सा समर्थन, बलिउडको प्रभाव, शिक्षा छात्रवृत्ति राम्रो रहेको छ। भारतले अफगान सेनालाई प्रशिक्षण प्रदान गरेको थियो। यी सबका कारण भारतको छवि अभिवृद्धि भएको छ।

अफगानीहरू भारतलाई सम्मान गर्छन्। पाकिस्तान जहिले पनि तालिवानको समर्थनका लागि, देशमा हिंसा फैलाउनका लागि र दुरन्ड लाइन बिवाद का लागि अविश्वासको पात्र बनेको छ। हालै भएको 'पाकिस्तानी प्रतिबन्ध' को लागि पनि साधारण अफगानी जनताले समर्थन दिएका थिए।

अर्को तर्फ भारत पाकिस्तान ले तालिबानको समर्थन गरेको र त्यहाँ को भूमि भारतमा आतंकवाद फैलाउन प्रयोग गरेको आरोप लगाउँदै आएको छ। हाल अफगानिस्तानमा पाकिस्तानका आतंकवादी समूहहरू जेल र लेट तालिबानी सँग मिलेर लडिरहेका छन्। भविष्यमा पनि यस्तै हुनसक्ने आशंका भारतको छ।

तालिबानले आफ्नो भूमिमा कुनै आतंकवादी समूहहरुलाई अनुमति नदिने प्रतिज्ञा गरे पनि यसमा पूर्ण रुपमा विश्वास भने गर्न सकिदैन। पहिले पनि पाकिस्तानले तालिबान वा उसको समर्थकहरुको प्रयोग गरी काबुल स्थित भारतीय दूतावास मा आक्रमण गरेको थियो।

अफगानिस्तानले कहिल्यै पनि डुरान्ड लाइनलाई स्वीकार गरेको छैन र पेशावर लाई आफ्नो देशको भागको रुपमा मान्दछ। तसर्थ, काबुल र इस्लामाबाद का सरकारहरु बीचको सम्बन्ध धेरै हद सम्म कमजोर भएको छ। अफगानिस्तान एक्लै ले सन् १९४७ मा संयुक्त राष्ट्रसंघ मा पाकिस्तान को प्रवेश को विरोध गरेको थियो।

भारत काबुल मा कुनै पनि लोकतान्त्रिक सरकार को लागी एक प्राकृतिक सहयोगी थियो। पाकिस्तानले काबुलको प्रत्येक सरकारलाई सीमा सम्झौता मा हस्ताक्षर गर्न र सीमा विवाद समाधान गर्न प्रयास गर्यो तर असफल भयो।

विगत केही दशकहरुमा, पाकिस्तानले तालिबान सरकारले यी मतभेदहरु लाई हल गर्न मद्दत गर्ने विश्वास गर्न थाल्यो। यद्यपि पहिलो तालिबान सरकार संग भने सो प्रयास असफल भयो।

तालिबान पाकिस्तान को विचार बाट प्रभावित छ, त्यसमा कुनै शंका छैन। तालिबानका प्रवक्ता सुहेल शाहीनले पाकिस्तानको हम न्यूजलाई दिएको अन्तर्वार्तामा भनेका छन्, 'भारतले थुप्रै परियोजनाहरु, पुनर्निर्माण र पूर्वाधार कार्यहरु बनाएको छ, र यदि उनीहरु चाहान्छन् भने उनीहरु अधूरा परियोजनाहरु पूरा गर्न सक्छन् किनभने ती जनताका लागी हुन्।"

तर यदि कोहि आफ्नो उद्देश्य वा आफ्नो सैन्य उद्देश्य वा आफ्नो प्रतिद्वंद्वी को लागी अफगानी भूमिको प्रयोग गर्न चाहान्छ भने हाम्रो नीतिले कसैलाई त्यो गर्न अनुमति दिने छैन। ’उनी सम्भवतः पाकिस्तानको बोली बोलिरहेका थिए।

भारतीय दूतावासका कर्मचारीहरुको फिर्ता भइरहेको स्थिति मा पाकिस्तानी र चीनिया अधिकारी भने त्यही नै छन्। यो पाकिस्तानको लागी सकारात्मक रुपमा हेरिएको छ। तालिबानका वरिष्ठ नेता शेर मोहम्मद अब्बास स्टेनकजईले काबुलमा कूटनीतिक उपस्थिति जारी राख्न भारतलाई अनुरोध गरे पनि भारतले आफ्ना कर्मचारी फिर्ता गर्ने निर्णय गरेको छ।

पाकिस्तानी आतंकवादी समूहका तत्वहरु काबुलमा प्रवेश गरीसकेका र उनीहरुलाई भारतीय दूतावास र यसका वाणिज्य दूतावासहरुलाई क्षति पुर्‍याउन निर्देशन दिइने बारे भारतलाई थाहा छ। भारतलाई समर्थन गर्ने अफगानी बारे जानकारी लिन पाकिस्तानी आतंकवादी समूहहरु भारतीय दूतावास भित्र छिरेको केही समचार आएका छन्। दूतावासको कारहरु चोरी भएको खबर पनि छ।

यदि भारतीयहरु त्यहाँ उपस्थित भएका भए कि तिनलाई कब्जामा लिइन्थ्यो कि तिनको हत्या गरिन्थ्यो। त्यसो भएको भए भारत-अफगान सम्बन्ध सँधै का लागि बिग्रने थियो जसको फाइदा पाकिस्तान लाई हुन्थ्यो।

*** लेखक एक सेवानिवृत्त भारतीय सेना अधिकारी हुनुहुन्छ; व्यक्त विचारहरु उनका आफ्नै हुन्