एससीओडी सदस्यहरु द्वारा प्रशिक्षण पद्धति र भारतीय नौसेना ले गरेका प्रयास को सराहना

रक्षा सम्बन्धी संसदीय स्थायी समिति (एससीओडी) ले सोमबार आईएनएस चिल्काको प्रतिष्ठित एब-इनिटियो नाविक प्रशिक्षण प्रतिष्ठानको भ्रमण गरेको छ। आईएनएस चिल्का भारतीय नौसेनाको एकमात्र प्रारम्भिक प्रशिक्षण प्रतिष्ठान हो। यस प्रतिष्ठानले प्रत्येक वर्ष ६ हजार ६ सय भन्दा बढी भारतीय जवानलाई प्रशिक्षण दिने गर्दछ।

एससीओडी अध्यक्ष र संसद सदस्य जुआल ओरामको अध्यक्षतामा रहेको सो समितिलाई नवीनतम प्राविधिक उन्नति र रक्षा कर्मीहरु को प्रशिक्षण बारे एक प्रस्तुति दिइएको थियो।

प्रस्तुतीकरण पछि रियर एडमिरल कपिल मोहन धीर, संयुक्त सचिव (नौसेना), रक्षा मन्त्रालय र रियर एडमिरल टिभिएन प्रसन्न, भिएसएम, मुख्य स्टाफ अधिकारी (प्रशिक्षण), मुख्यालय दक्षिणी नौसेना कमाण्ड, कोची कमोडोर एनपी प्रदिप र आईएनएस चिल्काका अधिकारी संग छलफल भएको थियो।

एससीओडी सदस्यहरु ले प्रशिक्षण पद्धति र भारतीय नौसेना ले गरेका प्रयास को सराहना गरेका थिए।

एससीओडी सदस्यहरूले मातृभूमिका लागि आफ्नो ज्यान दिएर सर्वोच्च बलिदान दिएका आईएनएस चिल्काका प्रतिष्ठित पूर्व योद्धा का सम्झनामा युद्ध स्मारक 'प्रेरणा स्थल' मा सम्मान गरेका थिए। उनीहरुले पछि विभिन्न प्रशिक्षण सुविधाहरु, र प्रशिक्षुहरु को आवास स्थल को भ्रमण गरेका थिए।

एससीओडी रक्षा मन्त्रालयको निर्णय र कानूनी निगरानी को लागी संसद का चयनित सदस्यहरु को एक विभाग हो।