तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तान एक गहिरो मानवीय संकटको सामना गरिरहेको बेला दुई नेतृत्व बीच टेलिफोन सम्वाद

तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तान एक गहिरो मानवीय संकटको सामना गरिरहेको बेला दुई नेतृत्व बीच टेलिफोन सम्वाद भएको हो।

प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच मंगलबार कुराकानी भएको छ। टेलिफोन वार्ता मा अफगानिस्तानको विकसित परिस्थिति बारे विस्तृत छलफल भएको थियो।

यस सम्वाद बारे जानकारी दिँदै, प्रधानमन्त्री मोदीले ट्वीट गर्नुभयो: "मेरो मित्र राष्ट्रपति पुतिनसँग अफगानिस्तानको हालको घटनाक्रम बारे विस्तृत र उपयोगी विचार आदानप्रदान भएको छ। हामीले द्विपक्षीय एजेन्डा र कोविड १९ बिरुद्ध भारत रूस सहयोग सहितका मुद्दाहरुमा पनि छलफल गरेका छौं। हामी महत्वपूर्ण मुद्दाहरुमा घनिष्ठ परामर्श जारी राख्न सहमत भएका छौं। ”

हाल अफगानिस्तान एक गहिरो मानवीय संकटको चपेटामा छ र हजारौं मानिसहरु इस्लामिक समूहको उत्पीडनको डरबाट मुलुक छोडेर भाग्दै छन्।

भारतले विगत एक हप्तामा काबुलबाट ८ सय भन्दा बढी नागरिकलाई अफगानिस्तान बाट बाहिर निकालेको छ। मंगलबार भारतले ७८ नागरिकको उद्धार गरेको छ।

सोमबार प्रधानमन्त्री मोदीले आफ्ना जर्मन समकक्षी चान्सलर डा एन्जेला मर्केलसँग टेलिफोन वार्ता गरेका थिए।

दुबै नेताले अफगानिस्तानको सुरक्षा स्थिति र विश्वमा यसको प्रभावका बारेमा छलफल गरेका थिए।

दुवै नेतृत्व ले शान्ति र सुरक्षा कायम राख्नु पर्ने मा जोड दिएका थिए। साथै त्यहाँ फसेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहिलो प्राथमिकता रहेको पनि बताएका थिए।