भारत र इन्डोनेसिया एक सुरक्षित हिन्द-प्रशान्त क्षेत्र को लागी मिलेर काम गरी रहेका छन्

भारतीय नौसेनाको आईएनएस ऐरावत मंगलबार जकार्ताको तान्जुङ प्रियोक बन्दरगाहमा पुगेको छ।इन्डोनेसिया सरकार द्वारा अनुमानित आवश्यकता अनुसार आईएनएस ऐरावत ले १० तरल मेडिकल अक्सिजन ट्यांकर पुगाएको छ।

चिकित्सा आपूर्ति गरेपछि सागर अभियान अन्तर्गत आईएनएस ऐरावत अन्य मैत्री राष्ट्रहरु लाई चिकित्सा आपूर्ति पुर्‍याउन आफ्नो यात्रा जारी राख्ने छ।

आईएनएस ऐरावत विशेष गरी उभयचर अभियानका लागि खटाइएको जहाज हो। तापनि यो जहाज विभिन्न एचएडिआर अभियान मा पनि भाग लिंदै आएको छ। विगतमा यो जहाज हिन्द महासागर मा विभिन्न राहत प्रयासहरुमा भाग लिएको थियो।

सन् २०२१ जुलाई २४ तारिख मा पनि यस जहाजले ५ तरल चिकित्सा अक्सिजन ट्यांकर र ३ सय अक्सिजन कन्सन्ट्रेटर इन्डोनेसिया मा आपूर्ति गरेको थियो।

भारत र इन्डोनेसिया बीच एक बलियो सांस्कृतिक बन्धन रहेको छ। दुवै देश एक सुरक्षित हिन्द-प्रशान्त क्षेत्र को लागी मिलेर काम गरी रहेका छन्।

दुई नौसेनाहरु नियमित द्विपक्षीय अभ्यास र समन्वित गश्ती को रूप मा संयुक्त नौसेना अभ्यासहरु पनि गर्छन्।