भारतमा हालसम्म ५८ करोड ८९ लाख भन्दा बढी खोप खुराक प्रदान

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख १९ हजार ५ सय ५१ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को ०.९८ प्रतिशत हो। मार्च २०२० पछि देखिएको यो नै सबैभन्दा कम दर हो।

गत २४ घण्टामा २५ हजार ४ सय ६७ जना नँया संक्रमित विरामी थपिएका छन्। यो सँगै भारतको कुल संक्रमित संख्या ३ करोड २४ लाख ७४ हजार ७ सय ७३ पुगेको छ।

गत २४ घण्टामा ३९ हजार ४ सय ८६ जना संक्रमित विरामी निको भएका छन्। यसका साथै हालसम्म ३ करोड १७ लाख २० हजार १ सय १२ जना निको भइसकेका छन्।

भारतको भारतको संक्रमण मुक्त दर ९७.६८ प्रतिशत पुगेको छ। सन् २०२० को मार्च महिना देखि दर्ता गरिएको यो सबैभन्दा उच्च संक्रमण मुक्त दर हो।

भारतमा हालसम्म ५८ करोड ८९ लाख भन्दा बढी खोप खुराक प्रदान गरिएको छ। मंगलबार बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार ६५ लाख ३ हजार ४ सय ९३ सत्र मार्फत ५८ करोड ८९ लाख ९७ हजार ८ सय ५ खोप खुराक प्रदान गरिएको छ।

हालसम्म देशमा ५० करोड ९३ लाख ९१ हजार ७ सय ९३ वटा नमुना परीक्षण भइसकेको छ। गत २४ घण्टामा १६ लाख ४७ हजार ५ सय २६ वटा नमुना परीक्षण गरिएको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर १.९० प्रतिशत पुगेको छ। लगातार ६० दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मक दर १.५५ प्रतिशत पुगेको छ। लगातार ७८ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार २९ दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।