तालिवानले अफगानिस्तान कब्जा गरेपछि दुई नेताबीच भएको यो पहिलो टेलिफोन वार्ता

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार आफ्ना जर्मन समकक्षी, संघीय मन्त्री डा एन्जेला मर्केल सँग फोनमा कुराकानी गर्नुभएको थियो। वार्तामा दुई नेताबीच अफगानिस्तानको सुरक्षा स्थिति र विश्वमा यसको प्रभावका बारे छलफल गर्नुभएको थियो।

प्रधानमन्त्री कार्यालयको एक बयान अनुसार, दुवै नेताले शान्ति र सुरक्षा कायम राख्नु पर्ने महत्वमा जोड दिएका थिए। साथै त्यहाँ फसेका मानिसको स्वदेश फिर्ती बारे पनि चर्चा भएको थियो।

दुई नेताले कोविड १९ खोप सहयोग, जलवायु र उर्जामा ध्यान केन्द्रित गरी विकास सहयोग, र व्यापार र आर्थिक सम्बन्धलाई बढावा दिने लगायतका द्विपक्षीय एजेन्डामा पनि कुरा गर्नुभएको थियो।

वार्ता मा बहुपक्षीय हितका मुद्दाहरु जस्तै सीओपी-२६ बैठक र संयुक्त राष्ट्र सुरक्षा परिषद मा समुद्री सुरक्षा मा सम्वाद विषयमा विचार आदानप्रदान गरेका थिए।

उनीहरुले हिन्द प्रशान्त क्षेत्रमा समावेशी सहयोगलाई बढावा दिन दुवै पक्षको दृष्टिकोण मा समानता हुनुपर्ने मा पनि जोड दिनुभएको थियो।