दुबै पक्षबाट विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी को शक्ति को समर्थन

परम्परागत सहयोगी भारत र रुस बीच एक समन्वय को निर्माण भएको देखिन्छ। रुसको भ्रमण मा रहनु भएका भारतीय उप राष्ट्रीय सुरक्षा सल्लाहकार पंकज सरन ले अफगानिस्तान को स्थिति बारे चर्चा गर्नुभएको छ।

सरनले बिहीबार रुसी उप विदेशमन्त्री इगोर मोर्गुलोभ सँग भेट गरेका थिए र अफगानिस्तान लगायत अन्य मुद्दाहरुमा छलफल गरेका थिए।

"डि एनएसए अम्ब. पंकज सरन र रुसी उप विदेशमन्त्री इगोर मोर्गुलोभ को भेट। दुबै पक्षबाट विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी को शक्ति को समर्थन। अफगानिस्तान को बारे पनि चर्चा।" रुस स्थित भारतीय दूतावास कप ट्वीट मा भनिएको छ।

सरनले रूसी राष्ट्रिय सुरक्षा परिषद्का सचिव निकोलाई पत्रुशेव र उपसचिव अलेक्जेन्डर वेनेडिक्टोभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

मस्को स्थित भारतीय दूतावासले ट्वीटमा भनेको छ, "मस्कोमा डि एनएसए अम्ब. पंकज सरनको भ्रमण, रुसी रक्षा विभागका सचिव एच इ निकोलाई पेत्रुसेभ र रुसी रक्षा विभागका उप सचिव एच ई अलेक्जेन्डर भेनेडिक्टोभ सँग भेट, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दा मा छलफल, अफगानिस्तानको स्थिति बारे पनि चर्चा।"

रिपोर्टका अनुसार मस्कोका लागि भारतका राजदूत बी वेंटकेश वर्मा र राष्ट्रिय सुरक्षा परिषद सचिवालय (एनएससीएस) का अधिकारीहरु बैठकमा सहभागी थिए।

यस हप्ताको सुरुमा, सचिव पत्रुशेवले रुसको इजभेस्टिया दैनिकलाई अफगानिस्तानको स्थिति वार्ताको माध्यमबाट समाधान हुनु पर्ने बताएका थिए।

उनका अनुसार रुस अफगानिस्तान को सम्बन्ध मा राजनीतिक र कूटनीतिक प्रयास मा केन्द्रित हुनेछ र एक अन्तर-अफगानी वार्ता र देश मा अवस्थित समस्याहरु को एक शान्तिपूर्ण समाधानका लागि मार्ग खोजी गरिनेछ।

मस्कोले सुरक्षा परिषद, सैन्य र अफगानिस्तान नजिकै रहेका देशहरु संग सम्पर्क स्थापित गरेको छ। विशेष गरी ताजिकिस्तान र उज्बेकिस्तान, साथ साथै चीन, ईरान, भारत र पाकिस्तान संग सम्पर्क गरिएको पत्रुशेवले बताएका छन्।