विदेश सचिव: यात्रा आवागमन अवरोध हटाउने भारतको प्रथम प्राथमिकता

भारत र विश्व का बीच भारतीय विधार्थी पुलको रुपमा‌ काम गर्छन्। त्यसैकारण उच्च शिक्षा को लागी विदेश विदेश जान चाहने विद्यार्थीका लागि यात्रा प्रतिबन्ध हटाउनु भारतको पहिलो प्राथमिकता भएको विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहिबार बताउनुभएको छ।

युरोपेली संघका सदस्य राष्ट्र र स्विट्जरल्याण्डले कोभिशिल्ड खोपलाई मान्यता दिएको छ। तसर्थ तिनले यात्रा प्रतिबन्ध हटाएका छन् र भारतीय विधार्थी र अन्य आवश्यक यात्रीहरु लाई प्रवेश अनुमति दिएका छन्।

अखिल भारतीय ब्यवस्थापन संघमा 'खोप पछि को विश्व व्यवस्था: विश्वव्यापी व्यापार र यात्रा सम्बन्धी अवरोध हटाउने' विषय मा बोल्दै एफ एस श्रिंगलाले भन्नुभयो, " महामारी विरुद्ध हाम्रो प्रतिक्रिया हेरचाह, सहयोग र समर्थन मा आधारित छ। विश्वव्यापी व्यापार र यात्रा अवरोध हटाउनु नै हाम्रो प्राथमिकता रहेको छ।"

गतिविधि अवरोध हटाइ भारतीय विधार्थी लाई सहज यात्रा र आवागमन प्रदान गर्नु नै भारतको पहिलो प्राथमिकता रहेको विदेश सचिव ले भनेका छन्।‌

" विभिन्न देशका विभिन्न विश्वविद्यालय मा भर्ना का लागि आवेदन दिएका विधार्थी का निम्ति सहज यात्रा र आवागमन प्रदान गर्नु नै हाम्रो सर्वोच्च प्राथमिकता हो। भारत र विश्व का बीच भारतीय विधार्थी पुलको रुपमा‌ काम गर्छन्। उनीहरु समग्र अन्तर्राष्ट्रिय शिक्षा अनुभव को आनन्द उठाउन सकुन भनेर नै हामी सुनिश्चित गर्न चाहन्छौं।"

युरोपेली संघले भर्खरै ईयू डिजिटल कोविड प्रमाणपत्रलाई मान्यता दिएको छ। यसलाई सामान्यतया हरित पास पनि भनिन्छ। कोविड १९ महामारीको बेला यसले स्वतन्त्र आवागमनलाई सहज बनाउदछ।

युरोपेली औषधि एजेन्सी अधिकृत खोप लगाएका व्यक्ति ले यस नियमन अन्तर्गत यात्रा प्रतिबन्धमा छुट पाउनेछन्। साथै राष्ट्रिय स्तर मा वा डब्लुएचओ द्वारा अधिकृत खोप प्रदान गर्ने सदस्य राष्ट्र ले पनि यस प्रकारको छुट पाउनेछन्।

ईयूको हरित पास संयन्त्रमा भारतलाई समावेश नगरेकोमा प्रश्न उठाइएको थियो। साथै कोभिशिल्ड र कोभ्याक्सिन खोप लगाएका भारतीयहरुलाई यात्रा प्रतिबन्धमा छुटको साथसाथै को-विन पोर्टल मार्फत जारी खोप प्रमाणपत्र को स्वीकृति को लागी पारस्परिक माग गरिएको थियो।

"हाम्रो प्रयास मा १७ वटा ईयू सदस्य राज्यहरु र स्विट्जरल्याण्ड ले कोभिशिल्ड लाई मान्यता दिएको छ। तसर्थ तिनले यात्रा प्रतिबन्ध हटाएका छन् र भारतीय विधार्थी र अन्य आवश्यक यात्रीहरु लाई प्रवेश अनुमति दिएका छन्।" विदेश सचिव हर्षवर्धन श्रृंगलाले भन्नुभयो।

"राष्ट्रीय मान्यता प्राप्त खोप लगाएका व्यक्ति माथि यात्रा प्रतिबन्ध हटाउन अन्य धेरै देश सहमत भएका छन्। यस अन्तर्गत इस्टोनिया र रोमानिया सामेल छन्। साथै जर्मनी र फ्रान्सले हाल कोभिशिल्ड खोप लगाएमा पर्यटन सहित सबै प्रकारका भिसा जारी गर्दैछन्।"

पश्चिमी यूरोपको सन्दर्भमा, श्रींगलाले सबै प्रमुख गन्तव्य देशहरुले अब भारतीय विद्यार्थीहरुलाई यात्रा को अनुमति दिईरहेको र प्राथमिकता को आधार मा भिसा जारी गरिरहेको बताएका छन्। बेलायत, आयरल्याण्ड, जर्मनी, नेदरल्याण्ड्स, बेल्जियम र लक्जमबर्ग मा‌ पनि भारतीय विधार्थी का लागि यात्रामा सहजता प्रदान गरिएको छ।

यसबाहेक, भारत अमेरिकी प्रशासन सँग विधार्थी, पेशेवर, र अन्य यात्रुका लागि यात्रा सहज बनाउन र प्रतिबन्ध हटाउन चर्चा गरिरहेको पनि विदेश सचिव ले बताउनु भयो।

“यात्रा प्रतिबन्धको मुद्दा अमेरिकी र क्यानडाली सदनमा उठेको छ। अमेरिकी दूतावासले अब विद्यार्थी भिसा जारी गर्दैछ, ”उनले भन्नुभयो।

"क्यानाडा को लागी विद्यार्थी भिसा पनि जारी गरीएको छ। हामीले बारम्बार दुबै देशहरुलाई भारतीय श्रमिक, अनुसन्धानकर्ताहरु, परिवारका सदस्यहरु र सामान्य व्यापार यात्रीहरु का लागि पनि यात्रा सुचारु गर्न दिन जोड दिएका छौं।"

अष्ट्रेलिया यात्रा गर्न असमर्थ भारतीय विद्यार्थीहरुको चिन्ता सम्बन्धित अस्ट्रेलियन अधिकारीहरु संग उठाइएको विदेश सचिवले भन्नुभयो।

उनले भने, "हामीले यी विद्यार्थीहरुलाई उनीहरुको क्याम्पसमा छिटो फर्काउने आवश्यकतामा जोड दिएका छौं।"

" हाम्रा विद्यार्थीहरुका लागि केही देशमा भने भिसा प्राप्त गर्न ढिलाइ भइरहेको छ। यसबारे पनि हामी ले सम्बन्धित देशका प्रशासन सँग भिसा बढाउन र प्रक्रिया छिटो गर्न अनुरोध गरेका छौं।"

भारत कोभिड -१९ सहयोग का लागि लगातार खाडी देशहरु सँग चर्चा गर्दै आएको छ। महामारी का कारण भारतीय समुदाय ले सामना गर्नुपरेको कठिनाइ र समस्या सम्बोधन गर्न पनि छलफल भएको छ।

“कोभिड १९ को दोस्रो लहरले थप चुनौतिहरु खडा गर्यो। धेरै खाडी देशहरु अप्रिल देखि भारत बाट यात्रा मा प्रतिबन्ध लगाएका थिए। हाल, यी प्रतिबन्धहरु बिस्तारै सहज हुँदैछन्।"

" निवासी भिसा भएका भारतीय नागरिकहरुलाईकतार र बहराइन ले यात्रा अनुमति दिइरहेका छन्। कतारले भिजिट भिसा भएका भारतीय नागरिकहरुलाई पनि देश भ्रमण गर्न अनुमति दिन थालेको छ। यस महिना, युएई र कुवेतले भारतीय नागरिकहरुलाई उनीहरुको खोप, परीक्षण र क्वारेन्टाइन दिशानिर्देश पछी फिर्ता आउन अनुमति दिन थालेका छन्।हामी प्रतिबन्धहरु लाई अझ सहज बनाउने अपेक्षा गरिरहेका छौं। यसबाट हाम्रा नागरिकहरुलाई फाइदा पुग्नेछ, "उनले भन्नुभयो्

आफ्नो टिप्पणीको अन्त्य गर्दै, एफएस श्रिंगलाले कोविड १९ महामारी मानव इतिहास को भयावह हिस्सा को रुपमा हुने बताउनुभयो। महामारी मा निहित अनिश्चितता को बावजूद भारतीय नागरिक का निम्ति विदेसमा सहज यात्रा र रोजगार सुधार गर्नु मा नै हाम्राे प्रयास केन्द्रित रहनेछन्।

"खोप पछिको विश्व भन्नाले महामारी बिनाको विश्व होइन। अझ केही समयका लागि संसार कोरोनाभाइरस संगै बाच्नु पर्ने वाध्यता छ। यसको मतलब भाइरस को चिकित्सा व्यवस्थापन आवश्यक छ। हाम्रा वैज्ञानिकहरु र चिकित्सा व्यवसायीहरुले यस भाइरस को सामना गर्न नवीन, किफायती र सुरक्षित समाधान खोज्नु पर्छ।"

उनले भारतीयहरु, एक पटक फेरी, सहज यात्रा गर्न पाउन भनेर सरकार हरेक प्रयत्न गरिरहेको आश्वासन दिएका छन्।" वैश्विक समुदाय सँग निकै सम्बन्ध साझा गर्ने भारत जो लागि यो मात्र एक विकल्प हो। भारत सरकार यी चुनौतिहरुको सामना गर्न पूर्ण प्रतिबद्ध छ। "उनले भन्नुभयो।