कोविड १९ संक्रमित विरामी का उपचार का निम्ति आवश्यक चिकित्सा ऑक्सीजन को स्टक रखरखाव गर्न को लागि पहल

कोविड १९ विरुद्ध लड्न भारतले श्रीलंकालाई ३५ टन अक्सिजन उपलब्ध गराउने भएको छ। मंगलबार श्रीलंकाली नौसेना जहाज शक्ति चेन्नइको बन्दरगाह को लागि प्रस्थान गरेको छ। यसले भारतबाट चिकित्सा ऑक्सीजन श्रीलंका पुगाउने छ।

श्रीलंकाली नौसेना (एसएलएन) को एक बयान अनुसार श्रीलंकाली नौसेना (एसएलएन) जहाज ले त्रिन्कोमाली बन्दरगाह बाट आफ्नो यात्रा को सुरुवात गरेको छ।

देशमा चिकित्सा अक्सिजन ढुवानी गर्दा बन्दरगाहमा हुन सक्ने ढिलाइ रोक्नका लागी श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नौसेना कमाण्डरलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको छ।

कोविड १९ संक्रमित विरामी का उपचार का निम्ति आवश्यक चिकित्सा ऑक्सीजन को स्टक रखरखाव गर्न को लागि यो पहलको सुरुवात गरिएको हो।‌

चेन्नई बन्दरगाह अधिकारीहरुका अनुसार ३५ टन अक्सिजन बोकेका अक्सिजन ट्यांकर श्रीलंका नौसेना जहाज (एसएलएनएस) शक्तिमा लोड गरिनेछ। यो जहाज बुधबार साँझ भारत आइपुग्ने छ। र बिहिबार आफ्नो देशको लागि प्रस्थान गर्नेछ।

बिहिबार सम्म मा श्रीलंकामा ३ लाख ६९ हजार भन्दा बढी संक्रमित विरामी थपिएका छन्। साथै ६ हजार ६ सय ४ जना संक्रमित विरामी को मृत्यु भइसकेको छ।