६३ लाख १३ हजार २ सय १० सत्र मार्फत सो खोप खुराक प्रदान

भारतमा हालसम्म ५६ करोड ६४ लाख भन्दा बढी खोप प्रदान गरिएको छ। गत २४ घण्टामा ५६ लाख ३६ हजार ३ सय ३६ खोप खुराक प्रदान गरिएको छ। यसैका साथ भारत मा हालसम्म ५६ करोड ६४ लाख ८८ हजार ४ सय ३३ खोप खुराक प्रदान गरिएको छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार "केन्द सरकार सम्पुर्ण वयस्क जनताका लागि द्रुत गतिमा खोप प्रदान गर्न यथेष्ट प्रयास गरिरहेको छ।"

हालसम्म ३ करोड १५ लाख २५ हजार ८० जना निको भइसकेका छन्। गत २४ घण्टामा ३९ हजार १ सय ५७ जना संक्रमित विरामी निको भएका छन्।

यसका साथै भारतको संक्रमण मुक्त दर ९७.५३ प्रतिशत पुगेको छ।

स्वास्थ्य मन्त्रालयका का अनुसार यो सबै केन्द्र सरकार राज्य र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा हो।

गत २४ घण्टा ३६ हजार ४ सय १ जना नँया संक्रमित विरामी थपिएका छन्। लगातार त्रिपन्न दिन ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका हुन्।

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ६४ हजार १ सय २९ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.१३ प्रतिशत पुगेको छ।

हालसम्म देशमा ५० करोड ३ लाख ८ सय ४० वटा नमुना परीक्षण भइसकेको छ। गत २४ घण्टामा १८ लाख ७३ हजार ७ सय ५७ वटा नमुना परीक्षण गरिएको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर १.९५ प्रतिशत पुगेको छ र दैनिक सकारात्मक दर १.९४ प्रतिशत पुगेको छ।

लगातार ७३ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार २५ दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।