यस प्रविधि ले दुश्मन को क्षेप्यास्त्र लाई भ्रमित गरी लडाकु विमान को सुरक्षा सुनिश्चित गर्दछ

शत्रुको क्षेप्यास्त्र प्रहार बाट भारतीय वायु सेना (आईएएफ) लडाकु विमानको सुरक्षा गर्न भारतले एक उन्नत भुसा प्रविधि को विकास गरेको छ।

रक्षा अनुसन्धान र विकास संगठनको जोधपुर स्थित रक्षा प्रयोगशाला र पुणे स्थित उच्च उर्जा सामग्री अनुसन्धान प्रयोगशाला ले संयुक्त रुपमा यस प्रविधिको विकास गरेको हो। अत्याधुनिक उपकरण र कारतुसले विमानको रक्षा गर्नेछ। बिहिबार रक्षा मन्त्रालय द्वारा जारी एक बयान मा भनिएको छ।

मन्त्रालयका अनुसार सफल परीक्षण पछि भारतीय वायु सेनाले यस प्रविधिको प्रयोग सुरु गरिसकेको छ।

आजको आधुनिक युगमा अत्याधुनिक रडार मुख्य चुनौती हो। यसका कारण लडाकू विमान को सुरक्षा महत्वपूर्ण छ।

विमान को सुरक्षा सुनिश्चित गर्न प्रतिरोधात्मक मापन वितरण प्रणाली (सिडिएमएस) को प्रयोग गरिन्छ। यसले इन्फ्रा-रेड र रडार को खतराहरु बिरुद्ध कार्य गर्दछ। यस उन्नत प्रविधि ले लडाकु विमान लाई दुश्मनको रडार बाट बचाउँदछ।

यस प्रविधिमा निकै थोरै मात्रमा भिसा हावामा फालिन्छ। यस ले दुश्मनको क्षेप्यास्त्र लाई भ्रमित बनाउँदछ।

भारतीय वायु सेना को वार्षिक माग पूरा गर्न निर्माण उधोग लाई यसको जिम्मेवारी दिइएको छ।
रक्षामन्त्री राजनाथ सिंहले डिआरडिओ, आईएएफ र उद्योगको यस सफलता को प्रशंसा गर्नुभएको छ। रणनीतिक रक्षा प्रविधि मा डिआरडिओ को यो अर्को सफलता हो।

रक्षा विभाग का सचिव आर एण्ड डी र डीआरडीओ का अध्यक्ष डॉ जी सतीश रेड्डी ले यस प्रविधिको विकासमा योगदान दिएका सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो।