अफगानिस्तान मा तालिबान को कब्जा पछि देशमा चरम मानवअधिकार उल्लंघन र अत्याचार बढ्नेछ जसको लागि पाकिस्तान जिम्मेवार ठहरिनेछ

गत साता एक पत्रकार सम्मेलन मा पाकिस्तानका सूचना मन्त्री संगै राष्ट्रिय सुरक्षा सल्लाहकार, मोइद यूसुफ पनि उपस्थित थिए।‌‌‌‌‌‌‌‌‌उनले त्यस समय सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको 'पाकिस्तानमाथि प्रतिबन्ध लगाउ' का लागि भारत र अफगानिस्तानलाई दोष दिएका थिए।

मोइदले भने, "अफगानिस्तान सरकार ले‌ जानाजानी पाकिस्तानलाई बलि को बकरा बनाउन खोजिरहेको छ। पाकिस्तान लाई बदनाम गर्न अफगानिस्तान र भारतीय खाता को प्रयोग भइरहेको छ।"

उनले थपे, "अफगानिस्तानको असफलताको लागि पाकिस्तानलाई दोष दिने प्रयास जारी छ। तालिबानको आक्रमण बढ्दै जाँदा यसको लागि पाकिस्तान माथि दोष थोपर्ने अभियान नै चलेको छ।"

यसअघि फवाद चौधरीले भारत र अफगानिस्तानको नेतृत्वलाई विश्वव्यापी रूपमा पाक विरोधी भावना फैलाएको आरोप लगाएका थिए। अफगानिस्तान मा तालिबान को कब्जा पछि देशमा चरम मानवअधिकार उल्लंघन र अत्याचार बढ्नेछ जसको लागि पाकिस्तान जिम्मेवार ठहरिनेछ।

चाखलाग्दो कुरा के छ भने 'पाकिस्तानलाई प्रतिबन्ध गर' ट्वीट को लगभग २२% हिस्सा पाकिस्तान भित्र बाटै थियो। जसको लागि पाकिस्तानी नेतृत्व ले पश्तून तहफुज आन्दोलन (पिटिएम) लाई दोष दिएको छ। पश्तून आन्दोलन ले जबर्जस्ती बेपत्ता बनाउने कार्य को तत्काल अन्त्य को माग गरिरहेको छ।

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले भने, 'भारतले पाकिस्तान बिरुद्ध सबैभन्दा बढी रुझान लिएको छ र भारतलाई सहयोग गर्ने सबैभन्दा ठूलो पक्ष पीटीएम र यसका कार्यकर्ता हुन्।' सुचना तथा सञ्चार मन्त्रालय को 'राज्य विरोधी प्रवृत्तिहरु मा गहिरो विश्लेषणात्मक रिपोर्ट' नामक पत्रकार सम्मेलन मा युसुफ ले यस्तो टिप्पणी गरेका हुन्।

यस प्रतिवेदनमा सन् २०१९ देखि २०२१ सम्म सामाजिक सञ्जालमा पाक विरुद्ध भएका गतिविधि को आकलन गरिएको थियो। जसको लागि भारतलाई जिम्मेवार ठहराइएको छ।

वर्तमान समयमा चलिरहेको विश्वव्यापी पाकिस्तान विरोधी शैली ले पाकिस्तानी सेनाको बदनाम गर्न खोजेको, देशलाई एफएटीएफ ग्रे सूचीमा नै राखिराख्न खोजेको र वर्तमान अफगान स्थिति को लागि पाकिस्तानलाई जिम्मेवार ठहराउन खोजेको पाकिस्तानी नेतृत्व कप दावी छ।

पाकिस्तानका अनुसार अफगानिस्तानका सरकारी अधिकारीहरुले सामाजिक सञ्जालमा पाकिस्तानले तालिबानलाई समर्थन गरेको आरोप लगाएका थिए। अफगानिस्तानको रक्षा मन्त्रालयले नियमित रुपमा अफगानिस्तानमा पक्राउ परेका पाकिस्तानी नागरिकहरुको फोटो र कब्जा गरिएका आतंककारीहरुको बयान कि उनीहरुले पाकिस्तानमा प्रशिक्षण पाएका थिए प्रकाशित गर्दै आएको थियो।‌

'पाकिस्तानी प्रतिबन्ध' ले इस्लामाबादको विश्वव्यापी प्रतिष्ठामा असर पारेको छ। जसका कारण तिनका वरिष्ठ मन्त्रीहरु यस बिषयमा बहस गर्न बाध्य बनेका छन्।

यसै क्रममा पाकिस्तानी विदेश मन्त्री एसएम कुरैशी एक टेलिभिजन बहसमा भाग लिएका थिए। सो क्रममा उनले यस प्रवृत्तिलाई अगाडि बढाएकोमा अफगानलाई प्रश्न गरेका थिए। उनले अफगान शरणार्थीहरुलाई पाकिस्तान को समर्थन रहेको मा जोड दिएका थिए। महामारी को चरम सीमा मा पनि सिमाना खुला राखेको मा पनि उनले जोड दिएका थिए।

अपेक्षित रूपमा, उनले यसका लागि भारतलाई दोष दिए। 'पाकिस्तानी प्रतिबन्ध' का कारण अफगान प्रवासीहरुले विश्वव्यापी रुपमा पाकिस्तान कप विरोध गरे। वासिंटन डिसी, ब्रसेल्स, डेनमार्क, बेलायत, जर्मनी र स्वीडेनमा विरोध प्रदर्शन भएको थियो।

अफगानिस्तानको वर्तमान स्थिति कोलागि पाकिस्तान जिम्मेवार रहेको विश्वव्यापी विश्वास छ। अमेरिका र अन्य सरकारले तालिबानलाई वार्तामा आउन र हिंसा घटाउन पाकिस्तानलाई दबाब दिइरहेका बेला पाकिस्तानले अफगान सशस्त्र बलले तालिबानलाई रोक्न असफल भएको आरोप लगाएको छ।

पूर्व क्यानेडियन मन्त्री र कूटनीतिज्ञ क्रिस अलेक्जेन्डरले एक ट्वीटमा भनेका छन्, "यो ट्विटरमा ह्यासट्याग ट्रेन्ड मात्र हैन। यसले अफगानिस्तान, पाकिस्तानी र अन्य धेरै राज्यका नागरिकहरुको शान्तिपूर्ण तरिकाले बाच्न पाउने इच्छाको प्रतिनिधित्व गरेको छ। यसले आक्रमण, प्रोक्सी युद्ध र आतंकवाद मुक्त विश्वको चाहना झल्काएको छ।"

उनले थपे, "अफगानिस्तानमा पाकिस्तानको हस्तक्षेप संयुक्त राष्ट्र चार्टरको अध्याय ७ अन्तर्गत सशस्त्र हमला र आक्रामकताको कार्य अन्तर्गत पर्दछ। अन्तराष्ट्रिय समुदायले अन्तर्राष्ट्रिय कानून र नियमहरु मा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न अनुच्छेद ४१ वा ४२ अन्तर्गत कारबाही गर्नु पर्छ।"

दक्षिण एसियाकी विशेषज्ञ क्रिस्टीन फेयरले ट्वीट गरेकी छिन्, 'यदि तपाइँ अफगानिस्तान को बारे विचार गर्नुहुन्छ र त्याहाँ का नागरिकले पाकिस्तानी लडाकुको हातबाट भोग्नुपरेको हत्या हिंसा को विरोध गर्न चाहनुहुन्छ भने तँपाई ले अवश्य केहि गर्न सक्नुहुन्छ। पाकिस्तान माथि प्रतिबन्ध।"

तालिबानलाई पाकिस्तानको समर्थन, एलईटी र जेईएम सहित यसका स्वामित्वमा रहेका आतंकवादी समूहका आतंकवादीहरुलाई तालिबान संग लड्न प्रोत्साहित गर्नु, यो तथ्य जगजाहेर छ। घाइते तालिबान लडाकुहरुको पाकिस्तानी अस्पतालमा उपचार भैरहेको समचार पनि आइरहेको छ।‌‌‌‌

अमेरिकी सहयोगी योद्धा इस्माइल खान ले हेरात को समर्थन गर्दै आएका थिए। उनी अहिले तालिबानको हिरासतमा हुनुहुन्छ। उनले एक लेख मा भनेका छन्, "यो युद्ध तालिबान र अफगानिस्तान सरकारको बिचमा होइन। यो अफगान राष्ट्र बिरुद्ध पाकिस्तानको युद्ध हो।"

तालिबानको समर्थन गरिरहेको आरोप बाट पाकिस्तान टाढा बस्न खोजेको छ। जबकि तालिबान सँग लड्दै गर्दा ज्यान गुमाएका पाकिस्तानी लडाकुका शव पाकिस्तान मा गाडेको तस्बिर सार्वजनिक भएका छन्।

त्यस अन्त्येष्टिमा सयौं सहभागी भएका थिए र तालिबान झण्डा खुला रुपमा प्रदर्शन राखिएको थियो।

पाकिस्तानी राष्ट्रपति इमरान खान ले सार्वजनिक रुपमा तालिबान सामान्य नागरिक भएका र तिनका विरुद्ध पाकिस्तानी सुरक्षा एजेन्सीहले कुनै कारबाही गर्न नसक्ने बताएका थिए। जसले गर्दा पाकिस्तान विरुद्ध विश्वको आरोप अझ बलियो बनेको छ।

उनले अफगानिस्तानका वर्तमान राष्ट्रपति अशरफ घनीलाई पदबाट हटाएपछि मात्र उनीहरु वार्ताका लागि अगाडि आउने भन्दै तालिबानको दृष्टिकोणलाई समर्थन गरेका थिए।

जाहिर छ, इमरान अशरफ घनीलाई मन पराउँदैनन्। पाकिस्तानका विदेशमन्त्री एसएम कुरैशीलाई तालिबानको प्रवक्ता भएको आरोप लगाइएको थियो। उनले तालिबान नेतृत्वको शासनलाई समर्थन गरी यस बाट देशमा इस्लामिक राज्यका लडाकुहरुको पुनरुत्थान रोक्ने उल्लेख गरेका थिए।

इमरानले ओसामा बिन लादेनलाई शहीद भनेर सम्बोधन गरेका थिए भने कुरैशीले उनलाई आतंकवादी मान्न अस्वीकार गरेका थिए।

अफगानिस्तानबाट पश्चिमी सेना र दूतावासका कर्मचारीहरु फिर्ता हुने बित्तिकै पश्चिमा शक्तिहरुका लागी पाकिस्तानको उपयोगिता समाप्त हुनेछ। पाकिस्तान लाई एक पराया मुलुक को रुपमा व्यवहार गरिनेछ।

क्रिस अलेक्जेन्डरले भनेझैं, "पुटिनको रुसले युक्रेनमा अतिक्रमण गर्यो: संसारले उनीहरुलाई मान्यता दियो। पाकिस्तानले अफगानिस्तानमा अतिक्रमण गरिरहेको छ: हामी के का लागी पर्खिरहेका छौं? अफगानिस्तान मा शान्ति स्थापना होस् भनेर चाहेको पाकिस्तान को यस बयान प्रति प्रश्न चिन्ह खडा भएको छ।"

पाकिस्तानलाई थाहा छ कि अफगानिस्तानमा हिंसा र बदला का लागि हत्या हुनेछ।‌। यसका लागि पाकिस्तान नै दोषी ठहर हुनेछ। सम्भवतः अफगानिस्तान र पाकिस्तान दुबैले प्रतिबन्धको सामना गर्न सक्दछन्।

पाकिस्तानलाई मार्ग परिवर्तन गर्न धेरै ढिलो भइसकेको छ। तालिबान नेतृत्वको अफगानिस्तानलाई मान्यता दिने यो पहिलो राष्ट्र हुनेछ। तालिबानले धेरै निर्दोषहरुलाई मार्ने बित्तिकै 'पाकिस्तानलाई प्रतिबन्ध' माग बढ्नेछ। यही चिन्ता का कारण पाकिस्तानले अमेरिकालाई अफगानिस्तान लाई यतिकै छोडेको र अफगान सेनाहरु लाई यथेष्ट प्रयास नगरी समर्पण गरेको भनेर आरोप लगाएको छ।

यदि पाकिस्तानलाई प्रतिबन्ध गर्ने हो भने पाकिस्तान कप आर्थिक समस्या धेरै बढ्नेछ र यो मुलुक विश्वको लागि नै पराया बन्न सक्छ।

*** लेखक एक सेवानिवृत्त भारतीय सेना अधिकारी हुनुहुन्छ; व्यक्त विचारहरु उनका व्यक्तिगत विचार हुन्।