यो वेबिनार सन् २०२५ सम्ममा रक्षा निर्यात बढाउन र ५ अरब अमेरिकी डलरको रक्षा निर्यात लक्ष्य हासिल गर्नका लागि आयोजना गरिएको हो

बुधबार रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अगस्ट १७ तारिखमा भारत र मलेसिया बीच " वैश्विक पहुँच र सहकार्य साझेदारी का लागि भारतीय रक्षा उद्योग" विषयक एक वेबिनार आयोजना गरिएको छ।

यो वेबिनार रक्षा उत्पादन विभाग, भारतीय रक्षा उत्पादक समाज (एसआईडिएम) को माध्यम बाट रक्षा मन्त्रालय को तत्वावधान अन्तर्गत आयोजित गरीएको थियो।

यो वेबिनार रक्षा निर्यात बढाउन र सन् २०२५ सम्ममा ५ अर्ब अमेरिकी डलरको रक्षा निर्यात लक्ष्य हासिल गर्नको लागी मैत्रीपूर्ण विदेशी देशहरु संग संगठित वेबिनार को श्रृंखला को एक हिस्सा थियो।

संयुक्त सचिव, रक्षा उद्योग उत्पादन (डीआईपी), रक्षा मंत्रालय अनुराग बाजपेयी र दुबै देशका अन्य वरिष्ठ अधिकारीहरु यस वेबिनार मा उपस्थित थिए।

संयुक्त सचिव (डीआईपी) ले आफ्नो सम्बोधनमा भारतीय रक्षा उत्पादनहरु वैश्विक स्तर र धेरै लागत प्रभावी रहेको औंल्याएका थिए।

उनले भारतसँग विश्वस्तरीय सार्वजनिक र निजी जहाज निर्माण कम्पनीहरु को एक पारिस्थितिकी तंत्र र एक मजबूत जहाज निर्माण उद्योग रहेको पनि बताएका थिए।

भारत हाल विमान मरम्मत, निर्माण र अन्य क्रियाकलाप को केन्द्र बन्दै गएको र दुबै देशहरु यस क्षेत्र मा सहकार्य गर्न सक्ने पनि उनले बताउनुभयो। यस वेबिनार मा एसआईडिएम र केपिएमजी द्वारा तयार एक ज्ञान पत्र पनि जारी गरीएको थियो।

भारत इलेक्ट्रोनिक्स लिमिटेड, हिन्दुस्तान एरोनॉटिक्स लिमिटेड, गार्डन रीच शिपबिल्डर्स र ईन्जिनियर्स, एल एण्ड टी रक्षा र भारत फोर्ज लिमिटेड सहित नौ भारतीय कम्पनीहरुले प्रमुख रक्षा मञ्च र उत्पादनहरुमा प्रस्तुति दिएका थिए।

मलेशियन पक्ष बाट एयरोस्पेस प्रविधि प्रणाली निगम, एएमपि निगम, डेफटेक मानवरहित प्रणाली र इनोपिक एसडिएन बिएचडी कम्पनीले प्रस्तुति दिएका थिए।

वेबिनारमा १ सय ५० भन्दा धेरै प्रतिनिधिहरु सहभागी भएका थिए। १०० भन्दा बढी भर्चुअल प्रदर्शनी स्टलहरु स्थापित गरीएको थियो।