बुधबार महानिर्देशक न्गोजी ओकोंजो-इवेला ले जानकारी दिए अनुसार विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को विश्वव्यापी खोप उत्पादनको तीन-चौथाई खोप उत्पादन गर्ने पाँच सदस्य राष्ट्र मध्ये भारत पनि एक।

"उत्पादन उच्च केन्द्रीकृत रहेको छ - यस वर्ष लगभग ७५ प्रतिशत खोप पाँच विश्व व्यापार संगठनका सदस्य राष्ट्र - चीन, भारत, जर्मनी, संयुक्त राज्य अमेरिका र फ्रान्सबाट आउने देखिएको छ।," विश्व व्यापार संगठनका महानिदेशकले "कोविड १९ खोप उत्पादन विस्तार गर्दै समान पहुँचलाई प्राथमिकता" विषयक उच्च स्तरीय वार्तामा भन्नु भयो।

भारत विश्वको सबैभन्दा ठूलो कोविड १९ खोप निर्माताको रूपमा परिचित छ। भारतले आफ्नो विदेशी मित्र राष्ट्रहरूलाई आवश्यक समयमा खोप आपूर्ति गरेर सहयोग पुर्‍याएको छ।

त्यस्तै भारतले दिसेम्बर महिना भित्र स्वदेश मै २ अरब भन्दा बढी खोप उत्पादन गर्ने लक्ष्य पनि राखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष को अन्त्य सम्ममा देशका सम्पूर्ण वयस्क जनसंख्यालाई खोप प्रदान गरिने घोषणा गर्नुभएको छ।

यसैबीच, ओकोन्जो-इभिलाले खोप पँहुच मा भेदभाव भएका कारण विश्वव्यापी अर्थतन्त्र समान ढंगले विस्तार हुन नसकेको बताएकी छन्। विकसित अर्थतन्त्र द्रुत गतिमा सामान्य बन्दै गएका छन् जबकि बाँकी अझै पछाडि परिरहेका छन्।

खोप आपूर्ति मा पूर्ण पारदर्शिता नहुनु चिन्ताको अर्को कारण हो। जून महिना मा विश्वभर १.१ अरब कोविड खोप दिइएको छ।

" ती १.१ अरब खोप मध्ये जम्मा १.४ प्रतिशत मात्र अफ्रिकी जनता सम्म पुगेको छ। जबकि अफ्रिकी जनताले विश्वव्यापी जनसंख्याको १७ प्रतिशत हिस्सा ओगटेको छ। कम आय भएका देशहरूमा ०.२४ प्रतिशत मात्र खोप पुगेको छ। जुलाई महिनाको आधा भागसम्म आइपुग्दा यो मात्रा झनै कम हुँदै गएको छ।" उनले बताइन्।

" विकसित मुलुकमा प्रत्येक सय जना नागरिक मध्ये ९४ जनालाई खोप लगाइएको छ। जबकि अफ्रिका मा यो संस्था जम्मा ४.५ प्रतिशत मात्र छ। अफ्रिकामा २ करोड नागरिकलाई‌ मात्र खोप लगाइएको छ। जबकि विकसित मुलुकमा ४२ प्रतिशत जनतालाई खोप लगाइएको छ। हामी यसलाई नैतिक, व्यावहारिक र आर्थिक रुपमा स्वीकार्न सक्दैनौं।"