कोविड १९ का कारण मृत्यु भएकाको संख्या निकै कम‌ देखाइएको भन्ने प्रतिवेदन माथि बिहिबार केन्द्र सरकारद्वारा प्रश्न

त्यस्ता आरोपहरूको खण्डन गर्दै सरकारले एक विज्ञप्तिमा जारी गरी भनेको छ कि यस सम्बन्धमा भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले तोकेको निर्देशन पालन गरिएको छ र स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जहिले पनि राज्यहरुलाई कुनै पनि अस्पतालमा भएको मृत्यु बारे जानकारी दिन निर्देशन दिएको छ।

आधिकारिक विज्ञप्ति मा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भनेको छ, "भारतमा निकै सुदृढ प्रणाली रहेको छ। तर महामारी जस्तो विषम परिस्थितिमा केही मृत्यु को बारे जानकारी नहुन सक्छ।"

"यस्तै प्रकारले मृत्यु दरमा पनि केही त्रुटि हुनसक्छ। सन् २०२० को दिसेम्बर महिना सम्म मृत्यु दर १.४५ प्रतिशत थियो। अप्रिल र मे महिनामा देखिएको महामारी को दोस्रो लहरको बेला मृत्यु दर १.३४ प्रतिशत पुगेको थियो।"

हाल आइरहेका केही रिपोर्ट ले भर्खर भएका अध्ययनका अनुसन्धानहरू, अमेरिका र युरोपियन देशहरूमा निकालिएको उमेर-विशेष संक्रमण मृत्यु दर को प्रयोग गरी सेरो सकरात्मकता को आधारमा भारतमा बढी मृत्यु दर देखाइएको छ।

" मृत्यु दर यसरी बढी देखाइनु एक दुस्साहसी कदम हो। कुनै पनि संक्रमित व्यक्तिको मृत्यु हुने सम्भावना देशभरि समान हुन्छ। महामारी ले‌ न त जाती हेर्छ न जनसंख्या को जीवन संरचना। कुनै मानिस पहिला संक्रमित भइसकेको छ वा उसमा रोग प्रतिरोधात्मक क्षमता विकास भइसकेको छ भने पनि उसलाई फेरि संक्रमण हुन सक्छ। "

यसबाहेक, केन्द्रले सेरो सकरात्मक अध्ययन कमजोर जनसंख्या मा संक्रमण प्रसारण हुन नदिन रणनीती विकासको लागि गरिने बताएको छ। तर यस अध्ययन बाट गलत मृत्यु दर पनि‌ निस्कने सम्भावना रहेको छ। तर समय बित्दै जाँदा शरिरमा विकसित एन्टिबडी घट्दै जानसक्छ।‌‌जसका कारण संक्रमण मृत्यु दर को अधिक अनुमान लगाउन सकिन्छ।

यसका साथै उक्त प्रतिवेदन मा देखाइएका मृत्युदर तथ्यांक तथ्यमा आधारित छैन र पूर्णतया गलत छ। "अत्यधिक मृत्युदर मा सबै प्रकारका रोग र संक्रमण बाट भएका मृत्यु दर देखाइन्छ। यसलाई खाली कोविड संक्रमण बाट मृत्यु भएको भन्न मिल्दैन।"

भारतमा कोविड १९ मृत्युदर निकाल्ने तरिकालाई विस्तारपूर्वक वर्णन गर्दै केन्द्रीय सरकारले भने कि भारतमा तलबाट माथि जाने प्रक्रिया अपनाइन्छ न कि माथि बाट तल।

जिल्लाहरूले राज्य सरकार र केन्द्रीय मन्त्रालयलाई निरन्तर रुपमा मृत्युको संख्या रिपोर्ट गर्दछ। प्रेस विज्ञप्तिमा भनिएको छ कि सम्पूर्ण प्रणाली आईसीएमआरले गत बर्ष तोकेको दिशानिर्देशन अनुसार चलेको छ।

यी आईसीएमआर दिशानिर्देशनहरू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा सिफारिस गरिएको आईसीडी -१० कोड अनुसार तैयार गरिएका हुन्।

केन्द्रीय स्वास्थ्य मंत्री मनसुख मण्डावियाले मन्त्रालयले वास्तविक कोविड १९ मृत्यु दर लुकाएको आरोपलाई खण्डन गरेका छन्।

उनले भने कि केन्द्र सरकारले राज्य सरकारले पठाएको तथ्यांक को आधारमा तथ्याङ्क प्रकाशित गर्दछ।