विगत केही वर्षदेखि भारत-अमेरिका रक्षा साझेदारी बढ्दो

प्रसार भारती समाचार सेवाले बुधबार जनाए अनुसार आउँदो अगस्ट महिनाको ४ तारिख मा अमेरिकी सेनाका चीफ अफ स्टाफ जनरल जेम्स सी म्याकोभनभिल तीन दिने भारत भ्रमणमा आउनुहुने छ।

हाल अफगानिस्तानमा अफगानिस्तानका राष्ट्रिय सेना र तालिबानबीच ठूलो झडप भइरहेको छ।‌‌‌‌‌‌‌‌यस्तो समयमा अमेरिकी सेना प्रमुखको यो भ्रमण निकै महत्त्वपूर्ण मानिएको छ। मे महिनामा अमेरिकी र नाटो सेना फिर्ता भएपछि अफगानिस्तान सुरक्षा स्थिति निकै बिग्रँदै गएको छ।

४० औं अमेरिकी चीफ अफ स्टाफ रहनुभएका म्याकोनभिलेले मे महिनामा भारतीय समकक्षी जनरल एमएम नारावनेसँग टेलिफोन वार्ता गरेका थिए।

उनीहरूको वार्ता द्विपक्षीय सैन्य सहयोगमा केन्द्रित थियो। हाल देखिएको क्षेत्रीय सुरक्षा परिदृश्यलाई ध्यानमा राख्दै दुवै पक्ष ले विशेष क्षेत्रमा दुई सेना बीच सहयोग विस्तार गर्ने तरिकामा छलफल गरेका थिए।

विगत केही वर्षदेखि भारत-अमेरिका रक्षा साझेदारी बढ्दै गएको छ। अमेरिकाले हाल उत्पन्न अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थिति मा नयाँ दिल्लीले‌ निभाएको सक्रिय भूमिका को सराहना गरेको छ।

गत वर्ष अक्टोबर महिनामा भारत र अमेरिकाले रणनीतिक सम्बन्धका लागि आवश्यक चार आधारभूत सम्झौता मध्ये को एक बीईसीए (आधारभूत आदानप्रदान र सहयोग सम्झौता )मा मोहर लगाएका थिए।

यस सम्झौताले दुई देशका सशस्त्र सेनाहरू बीच विस्तारित भौगोलिक जानकारी साझेदारीलाई अनुमति प्रदान गरेको छ।

यसभन्दा अघि सन् २००२ मा भारत र अमेरिकाले जीएसओएमआईए (सैन्य सूचना सम्झौताको सामान्य सुरक्षा) मा हस्ताक्षर गरेका थिए। त्यस्तै सन् २०१६ मा लेमोआ (रसद आदानप्रदान मेमोरेंडम सम्झौता), सन् २०१८ मा कोमकासा (संचार अनुकूलता र सुरक्षा सम्झौता) मा हस्ताक्षर गरेका थिए।

सन् २०१६ को जून महिना अमेरिकाले भारतलाई एक "प्रमुख रक्षा साझेदार" को रुपमा वर्णन गरेको थियो।