ब्रिक्स सदस्य राष्ट्र ले ब्रिक्स व्यापार मेला जस्ता कार्यक्रमहरू आयोजना गर्ने भारतको प्रस्तावमा सहमति जनाएका छन्।

वाणिज्य उद्योग मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार ब्रिक्स सदस्य राष्ट्र ले अन्तर-ब्रिक्स व्यापार र सहयोग बढाउने निर्णय गरेका छन्।उक्त सम्बन्ध मा आर्थिक र व्यापार सम्बन्धी सम्पर्क समूहले ब्रिक्स बैठक सम्पन्न गरेको थियो र त्यसै क्रममा उक्त निर्णय लिइएको हो।

आर्थिक र व्यापार सम्बन्धी सम्पर्क समूहले जुलाई को १२ तारिख देखि १४ तारिख सम्म तीन दिने बैठक बसेको थियो। उक्त बैठकमा अन्तर व्यापार सम्बन्धी मुद्दामा वार्ता भएको थियो।

यस सन्दर्भमा, भारत, ब्राजील, दक्षिण अफ्रीका, रसिया र चीनका प्रतिनिधिहरूले बहुपक्षीय व्यापार प्रणाली बारे छलफल गरेका थिए। यसका साथै अन्य विषय जस्तै ई-व्यापारमा उपभोक्ता संरक्षणहरू सुनिश्चित गर्न ब्रिक्स को ढाँचा, एसपीएस/टीबिटी सुधार गर्न गैर टैरिफ उपाय, सेनेटेरी र फाइटोसेनेटरी (एसपीएस) कार्यप्रणाली, आनुवंशिक स्रोत, परम्परागत ज्ञान र परम्परागत सांस्कृतिक अभिव्यक्तिको संरक्षणको लागि सहयोग र कार्य सेवा मा सहयोग का लागि ब्रिक्स को ढाँचा बारे पनि छलफल भएको थियो।

मन्त्रालयका अनुसार सन् २०२१ सेप्टेम्बर महिनाको ३ तारिख मा आयोजना हुने ब्रिक्स वाणिज्य मन्त्रीहरुको बैठकमा भारतीय प्रस्ताव पेश गरिने छ। भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले उक्त बैठकको अध्यक्षता गर्नेछन्।

ब्रिक्स सदस्य राष्ट्र ले ब्रिक्स व्यापार मेला जस्ता कार्यक्रमहरू आयोजना गर्ने भारतको प्रस्तावमा सहमति जनाएका छन्। साथै तिनले अगस्ट महिनाको १६ देखि १८ तारिख सम्म क्रेता र विक्रेता बीच भर्चुअल बैठक आयोजना गर्न, जुलाई २२ तारिख मा ब्रिक्स एमएसएमइ बीच गोलमेच सम्मेलन गर्न र अगस्ट १३ तारिख मा व्यापार तथ्यांक सेवा मा दुई कार्यशाला आयोजना गर्न पनि सहमति जनाएका छन्।