भारत र जापान संयुक्त रूपमा नजिकैको छिमेकी क्षेत्र बाहेक अन्य मुलुक सँग पनि सम्बन्ध विस्तार गर्न कार्य गरिरहेका छन्।

विदेश सचिव हर्षवर्धन श्रृंगलाले मंगलबार भारत र जापान हिन्द-प्रशान्त क्षेत्रमा मात्र नभएर अन्य परिक्षेत्रमा अन्य साझेदारहरूसँग पनि काम गर्न आफ्नो क्षमता वृद्धि गर्न जारी राखेको बताउनुभएको छ।

भारत जापान संयुक्त मञ्चमा विदेश सचिव श्रिंगलाले भने, 'भारत र जापानले तेस्रो मुलुक सँग पनि सम्बन्ध स्थापित गर्न कार्य गरिरहेको छ। हामी नजिकका छिमेकी बाहेक रुसी सुदूर पूर्व र प्रशान्त टापु राज्यहरुमा पनि सम्बन्ध विस्तार गर्न जारी राख्ने छौं।'

प्रधानमन्त्री मोदीले सन् २०१९ मा हिन्द-प्रशान्त महासागर पहलको सुरुवात गर्नुभएको थियो। सोही पहलमा जापानले अग्रणी भूमिका निर्वाह गरिरहेको मा उनले जापानको सराहना गरे भने जापानको संलग्नता ले यस पहललाई "महत्वपूर्ण प्रोत्साहन" प्रदान गरेको पनि बताउनुभयो।

त्यस्तै भारतको पूर्व कार्य नीति मा पनि भारत जापान सम्बन्धले महत्वपूर्ण भूमिका निभाएको विदेश सचिव ले बताउनु भयो।

"भारत-जापान पूर्व कार्य नीति अन्तर्गत सम्पर्क र अन्य विकास परियोजनाहरू संचालन भइरहेका छन्। मैंले र जापानी राजदूतले यस परियोजनाको अध्यक्षता गर्दैछौं। यस परियोजनाले भारतको उत्तर पूर्वी क्षेत्रको विकासमा योगदान पुर्याइरहेको छ। यस कदमले उत्तर भारतलाई दक्षिण पूर्व एशियाको प्रवेशद्वार हो भन्ने कुरालाई महत्त्व दिईरहेको छ।"

भारत र जापानले ती परियोजनालाई अझ विश्वसनीय बनाउन पुन: कार्य गर्ने श्रींखलाको पहल गरिरहेको उनले जानकारी दिएका छन्।

“यस दिशातर्फ एउटा महत्त्वपूर्ण कदम भनेको आपूर्ति श्रृंखला लचिलो बनाउने पहल हो। जसका लागि भारत र जापानले अस्ट्रेलियासँग साझेदारी सुरू गरेको छ। तीन देशले यस ढाँचा अन्तर्गत विभिन्न मुद्दाहरुमा कार्यगत तह बारे छलफल सुरु गरेको छ। "विदेश सचिवले भने।

निर्माण, कृषि, डिजिटल प्रविधि, स्टार्ट-अप र स्वच्छ ऊर्जा लगायत अन्य आर्थिक क्षेत्रमा नयाँ साझेदारी निर्माणका लागि अवसर रहेको छ।

भारत र जापान सम्बन्धको महत्वपूर्ण स्तम्भ भनेको व्यक्ति व्यक्तिको सम्पर्क हो। यसै सन्दर्भमा उनले भने, "हालका वर्षहरूमा सीप विकासमा हाम्रो साझेदारीले नँया मोड लिएको छ। जापानी कम्पनी ले १६ वटा जापान भारत उत्पादन संस्थान र ५ वटा जापानी मान्यता प्राप्त पाठ्यक्रम स्थापना गरेका छन्। यसबाट भारतीय युवाहरुले जापानी कार्य संस्कृति र निर्माण प्रक्रिया अनुसार सीप विकास गर्ने मौका पाएका छन्।"

यस बर्ष निर्दिष्ट सीप श्रमिक सम्झौतामा हस्ताक्षर गरेपछि भारतबाट जापानमा दक्ष कामदार संसाधनको आवागमनलाई थप हौसला मिल्नेछ।

"अन्य मुलुकमा झैँ जापानमा पनि पेसेवर र अत्यधिक कुशल भारतीय श्रमिकहरूको गतिशीलता र बसाई सुगम बनाउन प्रवास र गतिशीलता साझेदारी सम्झौता बारे विचार गर्ने समय आएको छ।"

भारत जापान रक्षा साझेदारीको सम्बन्धमा उनले भने कि जापान एक मात्र यस्तो साझेदार राष्ट्र हो जससँग भारतको वार्षिक शिखर सम्मेलन र विदेश र रक्षा मन्त्रीहरूको २+२ वार्ता हुने गरेको छ।

“हामीले आपूर्ति र सेवाहरूको पारस्परिक प्रावधानमा एक सम्झौतामा हस्ताक्षर गरेका छौं। हाम्रा सम्बन्धित शक्तिहरु बीच नियमित अभ्यास हुनेगरेको छ। रक्षा, उपकरण र प्रविधिमा भारत र जापानबीचको सहयोगले अपार सम्भाव्यता बोकेको छ। ”

हिन्द-प्रशान्त क्षेत्रमा दुई देशबीच रहेको साझेदारीको सन्दर्भमा उनले भने, “हाम्रो सम्बन्धको आर्थिक स्तम्भमा भएको प्रगति यस क्षेत्रप्रति हाम्रो रणनीतिक दृष्टिकोणमा बढ्दो अभिसरणको साथ भएको हो। हामी दुबै मुलुक एक स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रको कल्पना गर्छौं। यो अभिसरण द्विपक्षीय आदानप्रदानमा मात्र देखिएको छैन बल्कि बहुपक्षीय मञ्च मार्फत अन्य समान विचारधारा भएका साझेदारहरू सँग काम गर्दा पनि देखिएको छ। यसका साथै अमेरिका र अष्ट्रेलियासँगको क्वाड संगठन ले यी चार देशलाई यस क्षेत्रका लागि सम्बन्धित प्रयासहरू समन्वय गर्ने उपायहरू पत्ता लगाउन मञ्च प्रदान गरेको छ।"