भारतले नेपाललाई करिब ६५ लाख अमेरिकी डलर अनुदान सहयोग प्रदान गरिसकेको छ।

आफ्नो छिमेकी मुलुकको‌ लागि कोविड १९ सहयोग प्रतिबद्धता स्वरुप भारतले नेपाललाई १ सय ५० आईसीयू शैय्या हस्तान्तरण गरेको छ।

नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रले नेपालका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित समारोहमा उक्त शैय्या हस्तान्तरण गरेका थिए।

हस्तान्तरण समारोहमा भारतीय राजदूतले महामारीको व्यापक व्यवस्थापनमा नेपाललाई सहयोग पुर्‍याउन भारतको प्रतिबद्धता दोहोर्‍याएका थिए।

काठमाडौं स्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार मन्त्री कार्कीले भारत सरकारको सहयोगको सराहना गरेका थिए। यसले कोविड १९ विरुद्ध लडाइमा सहयोग पुगाउने छ।

महामारी को सुरुवात भएदेखि नै भारतले नेपाललाई करिब ६५ लाख अमेरिकी डलर अनुदान सहयोग प्रदान गरिसकेको छ। यस अन्तर्गत भारतले नेपाललाई आवश्यक औषधि, आरटी-पीसीआर परीक्षण किट र भेन्टिलेटर उपलब्ध गराएको थियो।

यस वर्ष जनवरी महिनामा भारतले उपहार स्वरुप १० लाख कोविशिल्ड खोप नेपाल पठाएको थियो।

यसबाहेक, भारतीय सेनाले नेपाली सेनालाई १ लाख खोप खुराक पनि प्रदान गरेको थियो। साथै बीआईपीएपी मेसिन, एन्टिजेन किट, पीपीई, मास्क, एम्बुलेन्स र आईसीयू बेड लगायत अन्य चिकित्सा सामग्रीहरू पनि प्रदान गरिएको थियो।

भारत र नेपाल बीच स्वास्थ्य क्षेत्रमा मजबुत सहयोग स्थापित छ। समय समयमा भारतले नेपालमा एम्बुलेन्सको आपूर्ति गरेको छ, नियमित तालिम प्रदान गरेको छ।‌‌‌‌‌‌‌‌‌‌‌‌ साथै स्वास्थ्य क्षेत्र मा क्षमता निर्माण कार्यक्रम र स्वास्थ्य पूर्वाधारको विकास सहित प्रमुख अस्पताल, ट्रमा केन्द्र र प्रसूति केन्द्रहरुको निर्माण, प्राकृतिक चिकित्सा केन्द्रहरु, र नेत्र देखभाल केन्द्रहरुको स्थापना गरेर भारतले नेपाल प्रति आफ्नो सौहार्दपूर्ण मित्रता को प्रदर्शन गरेको छ।