युएनएससीमा निर्वाह गरेको सकारात्मक भूमिकाका साथै संयुक्त राष्ट्र शान्ति स्थापनामा दिएको योगदानका लागि संयुक्त राष्ट्रसंघका प्रमुखबाट भारतको प्रशंसा

भारतीय विदेश सचिव हर्षवर्धन श्रिंगला जुलाई १४ तारिख देखि तीनदिने न्यूयोर्क भ्रमणमा हुनुहुन्छ। यसैक्रममा उनले बिहिबार संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका छन्। भेटको क्रममा दुवै पक्षले अफगानिस्तान र म्यानमार सुरक्षा स्थिति, जलवायु परिवर्तन, सुरक्षा परिषद सुधार र विश्वव्यापी रूपमा महामारी को प्रभाव बारे छलफल गरेका थिए।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, " अगस्ट महिनामा भारतले सुरक्षा परिषद्को अध्यक्षता गर्दै छ। यस सन्दर्भमा विदेश सचिव ले भारतको प्राथमिकता समुद्री सुरक्षा, शान्ति र आतंकवाद विरोधी रणनीति हुने प्रष्ट पारेका छन्। दुवै पक्षले अफगानिस्तान र म्यानमार सुरक्षा स्थिति, जलवायु परिवर्तन,अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, जलवायु परिवर्तन, सुरक्षा परिषद सुधार, युएनएससी सुधार र विश्वव्यापी रूपमा महामारी को प्रभाव बारे छलफल गरेका थिए।"

उनले दोस्रो कार्यकालको लागि विश्व संगठनको प्रमुखको रूपमा नियुक्त भएकोमा गुटरेसलाई बधाई दिएका थिए।

विदेश मन्त्रालयका अनुसार महासचिवले कोविड १९ विरुद्ध लडाइमा भारत सरकार र भारतीय जनता प्रति ऐक्यवद्धता जनाएका छन्। उनले युएनएससीमा निर्वाह गरेको सकारात्मक भूमिकाका साथै संयुक्त राष्ट्र शान्ति स्थापनामा दिएको योगदानका लागि भारतको सराहना गरेका छन्। साथै उनले युएनएससीमा भारतको अध्यक्षता का लागि शुभकामना व्यक्त गरेका छन्।

यस महिना फ्रान्सेली अध्यक्षतामा सुरक्षा परिषद्को उच्चस्तरीय बैठक को आयोजना हुन लागेको छ। सोही बैठकमा भाग लिन श्रींगला न्यूयोर्कको आधिकारिक भ्रमणमा हुनुहुन्छ।

युएनएससी उच्चस्तरीय बैठकको अवसरमा विदेश सचिवले युरोप र फ्रान्सका विदेश मन्त्री जीन-येवे ले ड्रिआन सँग पनि भेट गर्नुभएको छ। उक्त क्रममा उनले अगस्ट महिनामा यूएनएससीको भारतीय अध्यक्षता बारे जानकारी दिएका छन् र भारतको अध्यक्षतामा हुने उच्चस्तरीय बैठकमा सहभागी हुन निमन्त्रणा पनि दिएका छन्।

त्यसपछि उनले संयुक्त राष्ट्र संघका लागि अमेरिकी स्थायी प्रतिनिधि राजदूत लिन्डा थॉमस ग्रीनफिल्डसँग भेट गर्नुभयो। साथै उनले संयुक्त राष्ट्रका अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेट गर्नुभयो।

बैठक पछि, राजदूत ग्रीनफील्डले ट्वीटमा भनिन्, "संयुक्त राज्य अमेरिका र भारतले संयुक्त राष्ट्रमा भएका हाम्रा साझा चुनौति र प्राथमिकतालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर @हर्षवर्धनश्रींगला सँग छलफल।"