कोविड १९ सम्बन्धित मृत्यु दर दर्ता गर्ने मजबुत र भरपर्दो प्रणाली पहिले देखि नै अवस्थित छ: स्वास्थ्य मन्त्रालय

राष्ट्रिय स्वास्थ्य अभियान सम्बन्धित स्वास्थ्य प्रबन्धन सूचना प्रणाली (एचएमआईएस) ले जारी गरेको तथ्याङ्क अनुसार देशमा कोविड संक्रमण बाट मृत्यु भएकाको संख्या धेरै छ। यसै बीच केन्द्रीय स्वास्थ्य मन्त्रालयले त्यस्ता दाबीलाई "अनुमानित" र "भ्रामक" भनेर खारेज गरेको छ।

बुधबार केही समाचार सम्प्रेषण मा एचएमआईएसले जारी गरेको तथ्यांक अनुसार कोविड १९ मृत्यु दर उच्च रहेको दावी गरिएको छ।

" सो रिपोर्टले नागरिक दर्ता प्रणाली (सीआरएस) र एचएमआईएसको तथ्यांक तुलना गरेको छ। जसअनुसार कोविड १९ मृत्यु दर निकै उच्च देखाइएको छ। त्यस्ता रिपोर्टहरूका कुनै आधार छैनन् र त्यस्ता रिपोर्ट अनुमानित बाहेक केही होइनन्।" मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा बताएको छ।

एचएमआईएसमा देखाइएको मृत्यु दर माथि प्रतिक्रिया दिदै स्वास्थ्य मन्त्रालयले भन्यो कि केही मिडिया रिपोर्टले "अन्य सूचनाको अभावमा यी मृत्युलाई कोविड संक्रमण बाट भएको मृत्यु को‌ रुपमा लिनुपर्ने" बताएको छ।

तिनै मिडिया रिपोर्ट अनुसार २ लाख ५० हजार भन्दा बढीको किन मृत्यु भयो, त्यसको जानकारी छैन।

कुन कारण बाट मृत्यु भएको हो त्यसको पत्ता नलगाइ कोविड १९ बाट मृत्यु भएको भन्नु गलत हो त्यस्ता रिपोर्ट अनुमानित बाहेक अरु केही होइन।

केन्द्र सँग कोविड १९ सम्बन्धित मृत्यु दर दर्ता गर्ने मजबुत र भरपर्दो प्रणाली पहिले देखि नै अवस्थित छ।

सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूलाई यस विशेष प्रणालीमा निरन्तर तथ्यांक अद्यावधिक गर्ने जिम्मेवारी सुम्पिएको छ।

मृत्यु हुनेहरूको संख्यामा असंगति हुनबाट बचाउन भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले आईसीडी-१० बमोजिम सबै मृत्यु दर्ता गर्नको लागि "भारतमा कोविड १९ सम्बन्धित मृत्युको उचित दर्ता गर्न मार्गनिर्देशन" जारी गरेको छ। सो मार्गनिर्देशन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा सिफारिस गरिएको निर्देशन मा आधारित छ।

राज्य र केन्द्र शासित प्रदेशहरूलाई निर्देशन बमोजिम मृत्युको सही तथ्यांक दर्ता गर्न बिभिन्न औपचारिक संचार, बहुविध भिडियो कन्फरेन्स र केन्द्रीय टोलीहरूको तैनाती मार्फत आग्रह गरिएको छ।

मन्त्रालयले दैनिक आधारमा जिल्लागत संक्रमण दर र मृत्युको अनुगमनका लागि नियमित रिपोर्टिङ संयन्त्रमा जोड दिएको छ।

कोविड १९ महामारी जस्तो भयावह परिस्थिति मा मृत्युदरमा सधैं भिन्नता हुनेगर्छ। त्यस्तोमा मृत्युदर बारे राम्रोसँग सञ्चालन गरिएको अनुसन्धान अध्ययन अनुसार मृत्यु दर निकालिन्छ।

त्यस्ता अध्ययनका लागि तोकिएका विधिहरू राम्रोसँग स्थापित छन्, तथ्यांक का स्रोतहरू परिभाषित छन् र मृत्यु गणनाको लागि मान्य मान्यताहरू स्थापित छन्।