बण्डलाले भनिन्, जब मैले पहिलो पटक यो अवसर पाएको सुनेे म बोल्नै सकिन।

भारतीय मूलकी महिला अन्तरिक्षयात्री कल्पना चावला र सुनिता विलियम्स को सूचीमा अब अर्को एक नाम जोडिने भएको छ। सिरीषा बण्डला भारतीय-अमेरिकी अन्तरिक्ष इञ्जिनियर हुन्। आइतबार अन्तरिक्ष उडान भर्ने अन्तरिक्ष यात्री को सूची मा उनको नाम पनि सामेल गरियो।

उनी भर्जिन ग्यालाक्टिक स्थित सरकारी मामिलाका उपाध्यक्ष हुन्। उनी बेलायती धनाढ्य र वर्जिन समूहका संस्थापक रिचर्ड ब्रान्सन र अन्य पाँच जना सँग भर्जिन ग्यालेक्टिकको स्पेस शिप टू युनिटी नामक अन्तरिक्षयान बाट नयाँ मेक्सिकोबाट अन्तरिक्षको यात्रा मा जानेछिन्।

भर्जिन ग्यालेक्टिकको वीएसएस युनिटी नामक अन्तरिक्षयान न्यू मेक्सिको माथि डेढ घण्टा को उडान भरेको थियो। तर खराब मौसमका कारण ९० मिनेट ढिलाइ भएको थियो।

३४ वर्षीय बन्डलाले उडान भर्नु केही दिन अघि ट्वीटमा भनिन्, " म # युनिटी २२ को अद्भुत टोलीको हिस्सा हुन पाएकोमा खुशी छु। विशेष गरेर त्यस्तो कम्पनीको‌‌ हिस्सा हुन पाएकोमा गौरवान्वित छु जसले सबैको लागि ठाउँ उपलब्ध गराउँदै आएको छ।"

" यसको बारे मा ट्वीट गरिरहनु पर्ने थिएन। किनकि मेरा साथीहरूले हिजो यस समाचार बाट ट्वीट भरिदिएका थिए। हिजो म सकरात्मकता सन्देश, मायालु सन्देश र अपरिचित सन्देश बाट अभिभूत भएको‌ थिएँ। बिस्तारै सफलताको सिंढी चढ्दै छु।"

"जब मैले पहिलो पटक यो अवसर पाएको सुनेे म बोल्नै सकिन।" भर्जिन ग्यालेक्टिकले जारी गरेको एक भिडियो मा बन्दलाले भनिन्। सो भिडियो मा अन्य दुई विशेषज्ञ चालक दलका सदस्य कोलिन बेनेट र बेथ मोसेसको‌ पनि स्वागत गरिएको‌ थियो।

एकीकृत एयरोस्पेस र अन्तरिक्ष यात्री कम्पनी भर्जिन गलाक्टिकले भन्यो, " आज वीएसएस युनिटीले २२ औं परीक्षण उडान भर्यो र कम्पनीका संस्थापक, सर रिचर्ड ब्रानसन लगायत चालक दलका सम्पूर्ण सदस्य सहित यसले पहिलो परीक्षण उडान भर्यो।"

"चालक दलले केबिन र ग्राहकको अनुभवसँग सम्बन्धित धेरै परीक्षण उद्देश्यहरू पूरा गरेको‌ छ।‌‌‌‌‌‌‌‌जस्तो कि वाणिज्य ग्राहक क्याबिनको मूल्यांकन, अन्तरिक्षबाट पृथ्वीको दृष्यावलोकन, अनुसन्धान गर्ने अवस्था र स्पेसपोर्ट अमेरिका मा पाँच दिने पूर्व उडान प्रशिक्षण कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन।"

भारत स्थित अमेरिकी दूतावासले उक्त उपलब्धिमा बन्डलालाई बधाई दिएको छ।

"कल्पना चावला र सुनीता विलियम्स पछि @सिरोषाबान्डला तेस्रो भारतीय मूलकी महिला हुन् जो अन्तरिक्षमा उडान भर्न गइरहेकी छिन्। उनलाई धेरै बधाई। तपाईं सबैका लागि प्रेरणा हुनुहुन्छ, सिरिशा!"