१५ सय भन्दा बढी पिएसए अक्सिजन प्लान्टहरूको निर्माण हुने

शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले एक उच्चस्तरीय बैठकको अध्यक्षता‌ गर्नुभएको छ। यस बैठकमा उनले कोविड १९ स्थिति, अक्सिजन क्षमताको अभिवृद्धि र महामारीको सम्भावित तेस्रो लहर अगाडि नै चिकित्सा ऑक्सीजन को उपलब्धता सुनिश्चित गर्न छलफल गर्नुभएको छ।

बैठकमा उनले करीब १५ सय अक्सिजन प्लान्टहरू चाँडो भन्दा चाँडो कार्यरत हुनुपर्नेमा जोड दिनुभएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा उपस्थित अधिकारीहरूले प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री केयर्स कोष र विभिन्न मन्त्रालयहरू र पीएसयूको सहयोगमा १५ सय भन्दा बढी पीएसए अक्सिजन प्लान्टहरू देशभरि संचालनमा आउने बताएका छन्।

यदि यी सबै पीएसए अक्सिजन प्लान्टहरू-जुन देशका सबै राज्यहरू र जिल्लाहरूमा स्थापना हुनेछ- संचालन मा आएमा ४ लाख भन्दा बढी अक्सिजनयुक्त शैय्यालाई सहयोग गर्नेछन्।

कोरोनाभाइरसको दोस्रो लहरले देशमा वितण्डा मच्चाएको बेला देशमा अक्सिजनको अथाह अभाव भएको थियो।

सरकारी शैय्या, चिकित्सा अक्सिजन, भेन्टिलेटरहरू र देशका अन्य उपकरणहरू पनि नपुगेको समाचार आएको थियो। जबकि मृत्यु संख्या र संक्रमण तीव्र रूपमा बृद्धि भइरहेको थियो।

प्रधानमन्त्रीले ती प्लान्ट चाँडै नै कार्यान्वयन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले केन्द्रीय सरकारी अधिकारीहरूले राज्य सरकारहरूसँग मिलेर काम गर्नुपर्ने र अस्पतालका कर्मचारीहरूलाई अक्सिजन प्लान्टहरूको सञ्चालन र मर्मत सम्बन्धी पर्याप्त तालिम दिइएको सुनिश्चित गर्न पनि निर्देशन दिएका छन्।

प्रधानमन्त्री मोदीले प्रत्येक जिल्लामा प्रशिक्षित कर्मचारीहरू उपलब्ध भएको सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले स्थानीय र राष्ट्रिय स्तरमा यी अक्सिजन प्लान्टहरूको कार्यसम्पादनमा निगरानी राख्न आईओटी जस्ता उन्नत प्रविधिको प्रयोग गर्न पनि निर्देशन दिनुभयो।

अधिकारीहरूले उनलाई विशेषज्ञहरु द्वारा तयार गरिएको एक प्रशिक्षण मोड्युलको बारेमा जानकारी दिए। यसबाट करिब ८ हजार व्यक्तिलाई प्रशिक्षण दिइनेछ। अक्सिजन प्लान्टहरूको प्रदर्शन अनुगमनका लागि आईओटी प्रयोग गर्न पनि उचित निर्देशन दिइएको अधिकारीहरूले प्रधानमन्त्रीलाई बताए।

हर्षवर्धनको ठाउँमा नयाँ केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मनसुख मण्डावीयाले बिहीबार पदभार ग्रहण गरेपछि प्रधानमन्त्रीको यो पहिलो उच्चस्तरीय कोविड १९ बैठक हो।