गत २४ घण्टामा ४३ हजार ३ सय ९३ नँया संक्रमित विरामी

हालसम्म भारतमा करिब ३७ करोड कोविड १९ खोप प्रदान गरिएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार देशभरका राज्य तथा केन्द्र शासित प्रदेशहरुमा हालसम्म ३६ करोड ८९ लाख ९१ हजार २ सय २२ खोप खुराक प्रदान गरिएको छ।

गत २४ घण्टामा मात्रै ४० लाख २३ हजार १ सय ७३ खोप खुराक प्रदान गरिएको छ।

यी मध्ये २७ लाख १ हजार २०० जनाले प्रथम खुराक प्राप्त गरे भने १३ लाख २१ हजार ९ सय ७३ जनाले दोस्रो खुराक प्राप्त गरे।

१८ देखि ४४ वर्ष उमेर समूहका २० लाख ३१ हजार ६ सय ३४ जनाले पहिलो खुराक र १ लाख ७९ हजार ९ सय १ जनाले दोस्रो खुराक प्राप्त गरे।

कुल रुपमा हेर्ने हो भने ३७ राज्य/केन्द्र शासित प्रदेश का १८ देखि ४४ वर्ष उमेर समूहका १० करोड ८४ लाख ५३ हजार ५ सय ९० जनाले पहिलो खुराक र ३३ लाख ७९ हजार २ सय १३ जनाले दोस्रो खुराक प्राप्त गरिसकेका छन्।

देशव्यापी खोप अभियान को सुरुवात जनवरी महिनाको १६ तारिख देखि भएको थियो। केन्द्र तथा राज्य को संयुक्त प्रयासबाट तेस्रो चरण को खोप अभियान सुरु गरियो। गत महिना प्रधानमन्त्री मोदीले सब वयस्कका लागि निशुल्क खोप उपलब्ध गराउने घोषणा गरेका थिए।

बिहिबार प्रेस विज्ञप्ति मा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले केन्द्र सरकार खोप को घरेलु उत्पादनमा तेजी ल्याउन प्रतिबद्ध रहेको र आयात पनि बढाउन सुनिश्चित गरिरहेको बताएका थिए।

गत २४ घण्टामा ४३ हजार ३ सय ९३ नँया संक्रमित विरामी थपिएका छन्।‌‌‌‌‌‌‌‌यसका साथै देशमा‌ कुल संक्रमित संख्या ३ करोड ७५ लाख २ हजार ९ सय ५० पुगेको छ। सक्रिय संक्रमित संख्या भने ४ लाख ५८ हजार ७ सय २७ पुगेको छ। सक्रिय संक्रमित संख्या देशको कुल सकारात्मक संख्या को १.४९ प्रतिशत पुगेको छ।
हालसम्म २ करोड ९८ लाख ८८ हजार २ सय ८४ जना निको भइसकेका छन्। गत २४ घण्टामा ४४ हजार ४ सय ५९ जना निको भएका छन्। देशको निको हुने दर ९७.१९ प्रतिशत पुगेको छ।

साप्ताहिक सकारात्मकता दर हाल ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ र हाल २.३६ प्रतिशत पुगेको छ। दैनिक सकारात्मक दर पनि २.४२ प्रतिशत पुगेको छ। लगातार १८ दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशमा ४२ करोड ७९ लाख नमुना परीक्षण गरिएका छन्।

गत २४ घण्टामा ९ सय ११ जनाको मृत्यु भएको छ। हालसम्म ४० लाख ५ हजार ९ सय ३९ जनाको संक्रमण का कारण मृत्यु भएको छ।