गत २४ घण्टामा ४१ लाख ३४ हजार ८ सय ६८ खोप खुराक प्रदान

भारतमा सोमबार सम्ममा ३५ करोड ७० लाख भन्दा बढी मानिसलाई खोप प्रदान गरिएको छ। यसै दिन प्रधानमन्त्री मोदी ले कोविन पोर्टललाई विश्वव्यापी बनाउने घोषणा गर्नुभएको थियो र प्रविधि नै कोविड महामारी सँग लड्ने मुख्य हतियार भएको उद्घोष गर्नुभएको थियो।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार राज्य तथा केन्द्र शासित प्रदेश मा हालसम्म ३५ करोड ७१ लाख ५ हजार ४ सय ६१ खोप प्रदान गरिएको छ। गत २४ घण्टामा ४१ लाख ३४ हजार ८ सय ६८ खोप खुराक प्रदान गरिएको छ। सम्पूर्ण वयस्कलाई निशुल्क खोप दिने घोषणा सहित देशव्यापी खोप अभियान को तेस्रो चरण जून २१ तारिख देखि सुरु गरिएको थियो।

गत २४ घण्टामा भारतमा ३४ हजार ७ सय ३ जना नँया संक्रमित विरामी थपिएका छन्। हालसम्म देखिएको तथ्यांक मध्ये को यो सबै भन्दा कम तथ्यांक हो।

त्यस्तै देशको सक्रिय संक्रमित संख्या पनि कम हुँदै गएको छ।‌‌हाल सो सँख्या ४ लाख ६४ हजार ३ सय ५७ पुगेको छ। यसका साथै सक्रिय संक्रमित संख्या देशको कुल सकारात्मक संख्या को जम्मा १.५२ प्रतिशत पुगेको छ।

साप्ताहिक सकारात्मकता दर पनि घट्दो क्रममा छ। हाल साप्ताहिक सकारात्मकता दर २.४० प्रतिशत पुगेको छ भने दैनिक सकारात्मक दर २.११ प्रतिशत पुगेको छ। लगातार १५ दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा‌ हालसम्म ४२ करोड १४ लाख नमुना परीक्षण गरिएको छ।
गत २४ घण्टामा ५१ हजार ८ सय ६४ जना निको भएका छन्।‌‌यसैक्रममा देशमा हालसम्म २ करोड ९७ लाख ५२ हजार २ सय ९४ जना निको भइसकेका छन्। संक्रमण मुक्त दर हाल ९७.१७ प्रतिशत पुगेको छ।