११.३ किलोमिटर लम्बाई भएको उक्त सडकमा सबै प्रकारका सवारी का लागि उच्च गति परीक्षण गर्न मिल्ने

भारतमा मंगलबार एशिया को सबै भन्दा लामो सडक नटराक्स को उद्घाटन गरिएको छ। उक्त सडक इन्दौरमा निर्माण गरिएको हो। यो सडक विश्वको सबैभन्दा लामो सडक अन्तर्गत पाँचौं स्थानमा पर्दछ।

१हजार एकड जमिनमा निर्मित नटराक्स को उद्घाटन उद्योग तथा सार्वजनिक उद्यममन्त्री प्रकाश जावडेकरले गरेका थिए।

जावडेकरले ११.३ किलोमिटर लामो उक्त सडकमा कुनै पनि प्रकारका सवारी साधन ले उच्च गतिमा परीक्षण गर्न सक्ने बताएका छन्।

भारत सवारी, निर्माण र अतिरिक्त पुर्जाको केन्द्र बन्न सक्छ।

"हामी द्रुत गतिमा 'आत्मनिर्भर भारत' बन्न अगाडि बढिरहेका छौं र यस दिशामा चौतर्फी प्रयास भइरहेका छन्।" उनको मन्त्रालय प्रधानमन्त्री मोदीको सो सपना पूरा गर्न प्रतिबद्ध रहेको पनि मन्त्रीले बताएका छन्।

उनका अनुसार सवारी र निर्माण उद्योगको विस्तारले रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउँनेछ।

आजको मजबुत र दृढ राजनीतिक इच्छाशक्तिका कारण वर्षौ देखि लथालिङ्ग भएका रेल, राजमार्ग र जलमार्ग आयोजना पूरा हुन थालेका छन्।