भारत र एआरएफ वरिष्ठ अधिकारीहरूको बैठकमा भारतद्वारा उक्त चिन्ता व्यक्त

हाल हिन्द-प्रशान्त क्षेत्रमा पारम्परिक र गैर पारम्परिक समुद्री खतरा बढ्दै गएको छ। यसै सन्दर्भमा चिन्ता व्यक्त गर्दै भारतले मंगलबार हिन्द-प्रशान्त र भारतीय हिन्द-प्रशान्त महासागर पहलका लागि आसियान आउटलुकको अभिसरण गर्दै र विभिन्न एआरएफ देशहरूले घोषणा गरे अनुसार को हिन्द-प्रशान्त नीति अनुसार सँगै मिलेर काम गर्न आग्रह गरेको छ।‌‌

मंगलवार भर्चुअल ढाँचामा आयोजना गरिएको वरिष्ठ अधिकारीहरूको आसियान क्षेत्रीय फोरम बैठकमा भारतीय विदेश मन्त्रालयका सचिव (पूर्व), रिवा गांगुली दासले उक्त चिन्ता व्यक्त गरेकी थिइन्। उक्त बैठकमा २७ आसियान क्षेत्रीय फोरम देशका प्रतिनिधिहरू सहभागी थिए।

विदेश मन्त्रालयका अनुसार सोही क्रममा विदेश मन्त्रालयका सचिव (पूर्व)ले आतंकवादले निम्त्याएको खतरा र साइबर सुरक्षाका चुनौतिहरू सम्बन्धी भारतको दृष्टिकोण पनि साझा गरेकी थिइन्।

बैठकमा गत बर्षमा एआरएफ गतिविधि र आदानप्रदानको समीक्षा गरिएको थियो र एआरएफ अन्तर्गतका भविष्यका योजना र प्रयासहरूका बारेमा पनि छलफल गरिएको थियो।

सो बैठकमा कोविड १९ महामारी, आतंकवाद, साइबर सुरक्षा, दक्षिण चीन सागर, म्यानमार र कोरियाली प्रायद्वीपमा वर्तमान समयमा विकास भएको घटनाक्रम लगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू बारे वरिष्ठ अधिकारीहरूले विचार आदानप्रदान गरेका थिए।

सन् २०२१ जून महिनामा भारतले 'समुद्री कानुनमा संयुक्त राष्ट्र सम्मेलन' विषयक एआरएफ कार्यशालाको सहअध्यक्षता गरेको थियो। आगामी वर्ष भारतले समुद्री सुरक्षा सम्बन्धी एक अन्तर-सत्रीय बैठक, "समुद्र र मत्स्यपालन कानून" मा कार्यशाला र "अन्तर्राष्ट्रिय जहाज र बन्दरगाह सुविधा सुरक्षा कोड " विषयक बैठकको सह अध्यक्षता गर्नेछ।