सैन्य सम्बन्ध निर्माण गर्न र अन्तरक्रियात्मकता विकास गर्न भारतीय आईएनएस तबर मित्र नौसेना सँग सँयुक्त रुपमा सञ्चालन हुने

मित्रराष्ट्र सँग सैन्य सहयोग बढाउन भारतीय नौसेनाले आईएनएस तबर सञ्चालन गर्ने भएको छ। आईएनएस तबर अफ्रिका, युरोप र रसियाका समुद्री सेनासँग संयुक्त अभ्यासमा भाग लिने छ।

शनिबार रक्षा मन्त्रालयले जनाए अनुसार भारतीय नौसैनिक जहाज तबर जून १३ तारिख देखि सञ्चालन मा आएको थियो। सेप्टेम्बर महिनाको अन्त्य सम्म यस जहाज ले अफ्रिका र युरोपका थुप्रै बन्दरगाहहरूको भ्रमण गर्ने छ।

आईएनएस तबर डिजबौटी, इजिप्ट, इटाली, फ्रान्स, ब्रिटेन, रुस, नेदरल्याण्ड्स, मोरक्को, र आर्कटिक काउन्सिल देशहरू स्विडेन र नर्वेको भ्रमण गर्ने छ। भ्रमण को क्रममा जहाजले अदेन को खाडी, लाल सागर, सुएज नहर, भूमध्यसागर, उत्तरी समुद्र र बाल्टिक सागर पार गर्नेछ।

यस जहाज ले पासेक्स अभ्यासमा पनि भाग लिसकेको छ। र अन्य विभिन्न द्वीपक्षीय अभ्यास जस्तै शाही सेना सँग कोंकण अभ्यास, फ्रान्सेली सेना सँग वरुण अभ्यास र रूसी संघको नौसेना सँग इन्द्र अभ्यासमा भाग लिनेछ।

यस भ्रमण को क्रममा तबर व्यावसायिक, सामाजिक र खेल सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम मा सहभागी हुनेछ। साथै मित्र राष्ट्र का सेना सँग संयुक्त अभ्यासमा पनि भाग लिनेछ।

सैन्य सम्बन्ध निर्माण गर्न र अन्तरक्रियात्मकता विकास गर्न यो जहाज संयुक्त अभ्यासमा सहभागी हुनलागेको हो।

साथै यो जहाज जुलाई महिनाको २२ देखि २७ तारिख सम्म रूसी नौसेना दिवस समारोहमा पनि सहभागी हुने छ।

भारतीय नौसेना यस्ता थुप्रै द्वीपक्षीय र संयुक्त अभ्यासमा सहभागी हुँदै आएको छ।

समुद्री सुरक्षालाई थप सुदृढीकरण गर्ने हेतुले भारतीय पक्ष यस्ता थुप्रै क्रियाकलाप मा सहभागी हुदै आएको छ।

साथै यस्ता संयुक्त अभ्यास बाट भारतीय सेनाले‌ पनि अन्तराष्ट्रिय सेनाका 'उत्तम अभ्यासहरू' को अनुसरण र पालन गर्न सक्नेछ।

आईएनएस तबर रुसमा निर्मित जहाज हो। यो भारतीय नौसेना का लागि निर्माण गरिएको एक तलवार-वर्ग स्टिल्थ फ्रिगेट जहाज हो। यस जहाजका क्याप्टेन एम. महेश हुन् र यसमा ३०० कर्मचारी कार्यरत छन्।

यो जहाज विभिन्न आधुनिक हतियार र सेन्सर बाट सुसज्जित छ।
यो जहाज भारतीय नौसेनाको पश्चिमी क्षेत्रको हिस्सा हो। यो जहाज हाल पश्चिमी नौसेना कमान्ड अन्तर्गत मुम्बई मा तैनाथ छ।