मन्त्रीद्वारा नागरिक मा पर्ने अनुपालन बोझ कम गर्न थप विचार विमर्श गर्न पर्नेमा जोड

सरकारको कार्यसम्पादन कुशल प्रशासन र समयमै प्रभावकारी, सुनिश्चित, पारदर्शी र जवाफदेही सार्वजनिक सेवा वितरण सुनिश्चित गर्नु हो भन्ने कुरा औंल्याउँदै विदेश मन्त्री एस जयशंकरले बिहीबार राहदानी सेवालाई बढी नागरिक मैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ।

जयशंकरले बिहीबार पासपोर्ट सेवा दिवस २०२१ मा आफ्नो मुख्य भाषणमा भन्नुभयो, "हाम्रो सरकारको जनादेश कुशल शासन र समयमै, प्रभावकारी, निश्चित, पारदर्शी र जवाफदेही सार्वजनिक सेवा वितरण सुनिश्चित गर्नु हो।"

उनले भन्नुभयो, “प्रगतिको बाटोमा अगाडि बढ्दै जाँदा हामीले राहदानीको क्षेत्रलाई नागरिक केन्द्रित मात्र नभएर नागरिकमैत्री बनाउन उचित कदम चाल्नु पर्छ।"

"यस तर्फ हाम्रो पहिलो दृष्टिकोण भनेको राहदानी नियम र प्रक्रिया को सरलीकरण गर्नुथियो।"

"यद्यपि यो प्रक्रिया गतिशील भएकोले हामीले नागरिक मा पर्ने अनुपालन बोझ कम गर्न थप विचार विमर्श गर्न पर्छ।"

"मन्त्रालयले देशभर हुलाक कार्यालय सँग मिलेर राहदानी सेवा केन्द्र (पीओपीएसके) स्थापना गरेर नागरिकहरूलाई राहदानी सेवाको पहुँचलाई अझ सुदृढ पार्न प्रयास गरेको छ।"

"यस प्रयासले पूरा देशमा हुलाक कार्यालय पासपोर्ट सेवा केन्द्रहरूको नेटवर्क विस्तार भएको छ।"

मन्त्रीले विदेश मन्त्रालयले विशेष गरी राहदानी सेवाहरू प्रदान गर्न डिजिटल प्रविधिको लाभ उठाइएको बताउनुभएको छ।

"राहदानी सेवामा हाम्रो निरन्तर समेकन र विस्तारले देसका ४ सय ८९ लोकसभा क्षेत्रमा एक राहदानी केन्द्र हुने सुनिश्चित गरेको छ।"

दिल्ली र कोचीनमा मार्च ८ तारिखमा अन्तराष्ट्रिय महिला दिवस को अवसरमा दुई 'सबै महिला पासपोर्ट सेवा केन्द्र सञ्चालनमा आएको छ। सो‌ केन्द्र बाट महिलाका लागि राहदानी सेवा विस्तार गरिएको छ।

आफ्नो विश्वव्यापी प्रसार अभ्यासलाई निरन्तरता दिँदै उनले मन्त्रालयले राहदानी सेवा कार्यक्रम सँगै विदेशमा १ सय ७४ भारतीय दूतावास र वाणिज्य दूतावासहरुलाई एकीकृत गरेको पनि बताउनुभएको छ। यसले भारतीय नागरिक र विदेश स्थित भारतीय प्रवासी का लागि एक केन्द्रीयकृत पासपोर्ट जारी गर्ने प्रणालीलाई सक्षम बनाउँदै छ।

यस वर्षको फेब्रुअरीमा मन्त्रालयले पासपोर्ट सेवा कार्यक्रमलाई डिजीलोकरसँग एकीकृत गरेको थियो। यस कदमले राहदानी वितरण सेवामा उल्लेखनीय डिजिटल परिवर्तन आएको पनि मन्त्री ले बताउनु भएको छ।

यसले नागरिकलाई राहदानी प्राप्त गर्ने प्रक्रिया मा डिजिलकर मार्फत सम्पुर्ण कागजात पेश गर्न सक्षम बनाएको छ। जसले‌ गर्दा राहदानी सेवा सम्पूर्ण रुपले कागजीविहीन मोडमा परिवर्तन भएको छ।

राहदानी सेवा कार्यक्रम (पीएसपी) ले हाम्रा नागरिकहरूको सेवामा एक दशक सफलतापूर्वक पूरा गरिसकेको बताउँदै जयशंकरले २०१९ सम्म लगातार तीन वर्ष वार्षिक रुपमा १ करोड भन्दा बढी राहदानी जारी गरेको बताउनुभयो।

"महामारीको बावजुद हामीले समयमै राहदानी वितरण गर्न जारी राख्यौं र चाँडो भन्दा चाँडो महामारी पूर्व स्तरमा पुग्ने आशा पनि लिएका छौं।"

'पासपोर्ट सेवा परियोजना' मा निहित 'सेवा' शब्दमा जोड दिँदै मन्त्रीले प्रत्येक सेवकमा उत्तरदायी, सेवामुलक, विचारशील र पारदर्शी गुणहरू हुनु आवश्यक रहेको बताउनु भएको छ।

उनले राष्ट्रिय र विश्वव्यापी रूपमा जारी महामारीको कारण उत्पन्न भएका चुनौति र प्रतिबन्धहरूको बाबजुद देशका नागरिकहरूलाई राहदानी र सम्बन्धित सेवाहरू प्रदान गर्ने सबै कर्मीहरूको सामूहिक समर्पणको प्रशंसा पनि गर्नुभयो।