मॉरीशसमा पाँच परियोजनाहरू का लागि ३ सय ५३ अमेरिकी डॉलर को भारतीय अनुदान सहायताबाट मेट्रो एक्सप्रेस को निर्माण गरिंदै

आइतवार मॉरीशसका प्रधानमन्त्री प्रविन्दकुमार जौगनाथले प्रमुख भारत-मॉरीशस मेट्रो एक्सप्रेस परियोजना को थप एक खण्डलाई सेवाका लागि खुल्ला गर्न उद्घाटन गर्नुभएको थियो। भारतले मॉरीशसमा सुरक्षित, भरपर्दो र दक्ष यातायातको विस्तार गर्ने उद्देश्यले अनुदान प्रदान गरेको छ।

द्विपक्षीय परियोजनाको प्रगतिको बारे ट्विटरमा घोषणा गर्दै मोरीशस स्थित भारतीय उच्चायोगले रोज हिलदेखि क्वात्र बोर्नेस क्षेत्रको उद्घाटन प्रधानमन्त्री जौगनाथले गर्नुभएको जानकारी दिएको छ।

"भारत-मॉरिशस फ्लैगशिप परियोजना # मेट्रो एक्सप्रेस अगाडि बढिरहेको छ। माननीय प्रधानमन्त्री @ जुगनौथकुमारले आज रोज हिलदेखि क्वात्र बोर्नेस क्षेत्रको उद्घाटन गर्नुभएको छ, जसबाट मोरिससमा एक सुरक्षित, भरपर्दो र दक्ष यातायातको विस्तार भएको छ। # इंडियामौरिसस।"

सन् २०१९ मा प्रधानमन्त्री जौगनाथ र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएका 'मेट्रो एक्सप्रेस' भारतीय अनुदान सहायताबाट निर्माण भइरहेको एक प्रमुख परियोजना हो। भारतले त्यस्ता पाँच परियोजना का लागि कुल ३ सय ५३ अमेरिकी डॉलर अनुदान सहयोग प्रदान गरेको छ।

ती पाँच परियोजना अन्तर्गत नयाँ सर्वोच्च अदालत भवन निर्माण, सामाजिक आवास परियोजना, स्कुल बच्चाहरुलाई डिजिटल ट्याब्लेटको आपूर्ति र एक ईएनटी अस्पतालको निर्माण समावेश छन्।

२०१७ को मार्च महिनामा एक भारतीय सार्वजनिक क्षेत्र राइट्स र मॉरिशस सरकारको बीच मेट्रो एक्सप्रेस परियोजनाको सल्लाहकारका रूपमा राइट्सलाई नियुक्ति गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो।

पूर्वाधार निर्माण, मानव संसाधन, सीप विकास, क्षमता निर्माण र परियोजना मूल्याङ्कन का लागि सहयोग पुर्‍याउन भारतले मोरिसस लाई थुप्रै ऋण सहयोग(एलओसी) विस्तार गरेको छ।

सन् २०१५ को मार्च महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीले मोरीशसको भ्रमण गर्नुभएको थियो। उक्त क्रममा उनले ५० करोड अमेरिकी डलर ऋण सहायता को घोषणा गर्नुभएको थियो।

भारतीय अनुदान मा मोरिशसमा निर्माण हुँदै गरेका केही प्रमुख परियोजनाहरुमा महात्मा गान्धी ईन्सिट्यूट, उपाध्याय प्रशिक्षण केन्द्र, जवाहरलाल नेहरू अस्पताल, सुब्रमणिया भारती नेत्र केन्द्र, राजीव गान्धी विज्ञान केन्द्र र रवीन्द्रनाथ टैगोर संस्थान समावेश छन्।

हालसालै भारतले मोरीशसमा इबेनमा साइबर टावर निर्माण र स्वामी विवेकानंद अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण को जिम्मा लिएको छ।