रसिया र संयुक्त राज्य अमेरिकाले क्रमशः ६ हजार ३ सय ७५ र ५ हजार ८ सय आणविक हतियार भण्डारण गरेका छन् जुन भण्डारण को‌ हिसाबले निकै उच्च मानिन्छ।

रसिया र संयुक्त राज्य अमेरिकाले क्रमशः ६ हजार ३ सय ७५ र ५ हजार ८ सय आणविक हतियार भण्डारण गरेका छन् जुन भण्डारण को‌ हिसाबले निकै उच्च मानिन्छ।

सिप्री आणविक निसस्त्रीकरण, हतियार नियन्त्रण र अप्रसार कार्यक्रमका वरिष्ठ अनुसन्धानकर्ता डा. पेट्र टोपिकानकोभले आणविक हतियार मुक्त संसार राजनीतिक इच्छाशक्तिमा आधारित रहेको बताएका छन्।

भारत न्यूज नेटवर्कसँगको एक विशेष अन्तर्वार्तामा डा. टोपिकानकोभले भने, “परमाणु परीक्षण प्रतिबन्ध लगाउने बृहत् परीक्षण प्रतिबन्ध संधि (सीटीबीटी) मा रसिया संलग्न भएको छ जसको अनुसरण गर्दै अन्य देशहरू पनि यो सन्धिमा सामेल हुन सक्छन्।जुन देश आणविक हातहतियारको निसस्त्रीकरण गरी मानवीय पक्षलाई उजागर गर्न चाहन्छन् र अधिक महत्वाकांक्षी लक्ष्यहरूको समर्थन गर्न चाहन्छन्, उनीहरू परमाणु हतियार निषेध सन्धि (टीपीएनडब्ल्यू)मा सामेल हुन सक्छन्। यसबाट
आणविक हतियारलाई अवैध बनाउन सकिन्छ। अन्य पनि धेरै तरिकाहरू छन्। यो प्रायः राजनीतिक इच्छाशक्तिको कुरा हो। ”

रसिया र अमेरिकाका राष्ट्रपतिहरू बीच हालसालै द्विपक्षीय शिखर सम्मेलनको आयोजना भएको थियो।यस सम्मेलन मा दुवै पक्ष ले आणविक हतियार नियन्त्रणप्रति आ-आफ्ना प्रतिबद्धता दोहोर्याएका थिए। साथै नयाँ स्टार्ट सन्धिको विस्तार बारे पनि छलफल भएको थियो।

नयाँ स्टार्ट (रणनीतिक हातहतियार कटौती सन्धि) संयुक्त राज्य र रूसी संघ बीच भएको आणविक हतियार न्यूनीकरण सन्धि हो।‌‌जसले औपचारिक रूपमा नै रणनीतिक स्तरमा परमाणु हातहतियारको सीमितताका लागि कार्य गर्दछ। २०१० अप्रिल ८ तारिख मा यस सन्धिमा हस्ताक्षर गरिएको थियो। र २०११ फेब्रुअरी ५ तारिख मा लागू गरिएको थियो। २०२१ मा विस्तारित गरिएपछि उक्त सन्धि २०२६ फेब्रुअरी ५ तारिख सम्म लागू हुने आशा गरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमीर पुतिन र अमेरिकी राष्ट्रपति जो बिडेनको संयुक्त बयान मा भनिएको छ, "२०२१ मा विस्तारित गरिएको यस नँया स्टार्ट सन्धिले आणविक हतियार नियन्त्रणप्रति हाम्रो प्रतिबद्धतालाई स्पष्ट रुपमा दर्साउँछ। आज हामी आणविक युद्ध कहिले जित्न नसकिने र कहिले पनि लड्न नहुने युद्ध हो भन्ने हाम्रो सिद्धान्तलाई हामी पुनः पुष्टि गर्दछौं।"

उक्त बयानमा थप भनिएको छ, 'यी लक्ष्यलाई प्राप्त गर्न संयुक्त राज्य अमेरिका र रसिया मिलेर निकट भविष्यमा एकीकृत द्विपक्षीय रणनीतिक स्थिरता वार्ताको आयोजना गर्नेछौँ। यस वार्ताबाट हामी भविष्यका हतियार नियन्त्रण र जोखिम न्यूनीकरणका उपायहरूको आधार तयार पार्न चाहन्छौं।"

यसका बारे बोल्दै डा.टोपिकानकोभले भने, "अमेरिका र रुसको नयाँ स्टार्ट सन्धिलाई पाँच वर्ष लम्ब्याउने निर्णयले आणविक हतियार नियन्त्रणको भविष्यका बारेमा कुराकानी गर्न समयरेखा तोकेको छ। जेनेभामा राष्ट्रपति बिडेन र पुतिनको संयुक्त विज्ञप्तिले द्विपक्षीय रणनीतिक स्थिरता संवादको पुनः स्थापनासँगै यस अवसरको अन्वेषण गर्ने उनका राजनीतिक इच्छाशक्ति प्रदर्शन गरेको छ। आणविक हतियार नियन्त्रणको क्षेत्रमा यी दुई देशहरूले गर्ने प्रयासहरूको थप ठोस परिणामहरूको लागि हामीले केही समय कुर्नु आवश्यक छ।"

यद्यपि डा. टोपिकानकोभले सिप्रीले गरेको पछिल्लो सर्वेक्षण अनुसार रसिया र संयुक्त राज्य अमेरिका सँग क्रमशः ६ हजार ३ सय ७५ र ५ हजार ८ सय आणविक हतियार भण्डारण रहेको बताएका छन्। तर यी हतियार आणविक वृद्धि का लागि प्रयोग गर्न तैयार नभइसकेका पनि उनले बताएका छन्।

उनले भने, " यी मूल्याङ्कन का अनुसार रुसले १६ सय २५ र अमेरिकाले १८ सय हतियार परिचालन गरिसकेका छन्। यसले विश्वको जीवन परिवर्तन गर्न सक्दछ। यी हतियार का साथ साथ यी देश लेजर किरण, स्वायत्तता, र कृत्रिम बुद्धिमत्ता जस्ता नँया प्रविधि को पनि विकासमा लागेका छन्। यस विकासले सैन्य मामिलामा कसरी प्रभाव पार्छ भनेर बुझ्न आवश्यक छ।"

रुसी विज्ञका अनुसार नँया स्टार्ट सन्धिको विस्तार ले रूस र अमेरिका बीचको द्विपक्षीय सम्बन्धको बारे पनि थप प्रष्ट्याउने छ।

"रसिया आफ्नो शस्त्रागार आधुनिकीकरण गर्दै छ। जसको अर्थ उसले आफ्नो ८० प्रतिशत शस्त्रागार आधुनिकीकरण गर्नेछ। त्यस्तै प्रकारले संयुक्त राज्य अमेरिका पनि आफ्नो आणविक शस्त्रागारलाई आधुनिकीकरण गर्न सुरु गरिरहेको छ।र अमेरिका र रसियाले सक्रिय रूपमा सामरिक हतियार अन्तरिक्ष क्षमता विकास गर्दै छ। यस सन्दर्भमा, उनीहरू हतियारहरूको अस्थिरता र सम्बन्धको तिक्तता बाट बच्न उनीहरू बीच केही स्तर पूर्वानुमानको आवश्यकता छ। यसले विशेष गरी संयुक्त राज्य अमेरिकालाई युरोपमा आफ्ना सहयोगीहरूलाई जोगाउन सहयोग पुर्‍याउने छ।"

जहाँ विभिन्न मुलुकहरु आणविक हतियार प्रयोग नीति अनुसरण गर्न प्रयास गरिरहेका छन् त्यहाँ चीन भने आफ्नो आणविक हतियारहरूको भण्डारण बढाइरहेको छ। चीनले यस विस्तारवादी आकांक्षा को प्रयोग आफ्ना विरोधी लाई रोक्न गर्न सक्छ भनेर आशंका गरिएको छ।

डा. टोपिकानकोभले भने, " अहिलेसम्म चीनले पहिले प्रयोग नगर्ने नीति लिएको छ जसको मतलब हो आणविक शस्त्रागारले निरोध र रक्षा भूमिका मात्र निर्वाह गरिरहेको छ। यस्तो मा चीनको अन्तर्राष्ट्रिय नीति बेल्ट र रोड पहलमा आणविक हतियारलाई‌ लिएर चीनको के नीती र भूमिका हुनेछ त्यो भन्न भने गार्हो छ। अहिलेसम्म विवादित क्षेत्रहरूमा चीनको कार्यहरू परम्परागत नै रहेको छ।"