श्रृंगलाले भारतले उदाउँदो विश्व व्यवस्थामा भाग लिन र योगदान पुर्‍याउन नेतृत्वको भूमिका प्राप्त गर्नमा ध्यान दिन जरुरी रहेको बताएका छन्।

कूटनीतिक र राजनीतिक परिवर्तन भइरहेको यस परिप्रेक्ष्यमा विदेश सचिव हर्षवर्धन श्रिंगलाले शुक्रबार चीनको उदयले भारतलाई भूराजनीतिक मानचित्रको केन्द्रमा राखेको बताउनु भएको छ।

"चीनको उदयले हामीलाई भूराजनीतिक मानचित्रमा केन्द्रीय भूमिकामा राखेको छ। चीन हाम्रो सबैभन्दा ठूलो छिमेकी हो र हामी चीन सँग सीमा‌ मात्र नभएर अरु थुप्रै पक्ष पनि साझा गर्छौं। हामीले चीनले दिएको विशिष्ट रणनीतिक चुनौती तथा सीमामा उसले देखाइरहेको नीति को पनि सामना गर्नु परिरहेको छ।" विदेश सचिव ले "कोविड पछि भारतको विदेश नीति: नयाँ असुरक्षा, नयाँ अवसरहरू" शीर्षकमा आफ्ना विशेष टिप्पणीमा भन्नु भयो।

“हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ हर समय कूटनीतिक र राजनीतिक परिवर्तन भइरहेको छ। कैयौं शताब्दी पछि पहिलो पटक एशियाले विश्वव्यापी अर्थतन्त्रलाई अगाडि बढाइरहेको छ।"

"यसै परिवर्तन स्वरुप शीतयुद्ध को बेला विश्वमा द्वीध्रुवीय व्यवस्था थियो तर सोवियत संघको पतन पछि विश्व एक ध्रुवीय प्रणालीमा अघि बढ्यो।"

साथै उनले आतंकवाद, मौसम परिवर्तन र जैविक र अन्य गैर-पारम्परिक चुनौती ले अहिले‌ विश्वलाई आक्रान्त बनाइरहेको पनि बताउनुभयो।

“नयाँ प्रविधिहरूले नयाँ उद्योग र नयाँ राजनीतिक धारा सिर्जना गरेको छ। गैर परम्परागत चुनौती र नयाँ प्रविधिहरूले संयुक्त रूपमा नँया विकास र नँया चुनौती खडा गरेका छन्।"श्रिंगलाले उल्लेख गर्नुभयो।

" मन्त्रालयको रूपमा हामीले धेरै जटिल रणनीतिक परिस्थिति को सामना गरिरहेका छौं।‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌यसका साथ साथै हामी ले भौगोलिक र भौगोलिक-आर्थिक वातावरणको पनि सामना गरिरहेका छौं।"

यस प्रकृतिको महामारीको लागि पूर्ण-सरकार दृष्टिकोणको साथ सम्पूर्ण समाजको दृष्टिकोण पनि आवश्यक छ। यसले हामीलाई विश्वव्यापी रूपमा समस्या समाधान र स्रोत क्षमताको विकास गर्नु पर्ने आवश्यकता तर्फ पनि धकेलेको छ। विदेश सचिवले तर्क गर्दै भन्नु भयो।

उनले आजको वातावरण अत्यन्त जटिल, बहु-स्तरिय र बहुआयामिक भएकोले भारतलाई निर्णयात्मक स्वायत्तता कायम राख्न क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको मा पनि जोड दिनुभयो।

पुराना साझेदारहरू र सहयोगी मित्रहरूसँग सम्बन्ध प्रगाढ बनाउने आजको आवश्यकता का साथै बढ्दो शक्तिहरूसँग पनि नयाँ साझेदारीको आव्हान गर्न पर्ने बताउँदै उनले नयाँ दिल्लीसँग गठबन्धन र रूपान्तरणमा समायोजित हुनेगरी बहुपक्षीय विश्वमा गतिशील र सक्रिय वैश्विक रणनीति अपनाउन पर्ने मा पनि जोड दिनुभयो।

विदेश सचिवले भने, “हामी अहिले बदलिंदो परिवेशमा विभिन्न शक्ति सँग विभिन्न क्षमताका साथ संलग्न हुनु जरुरी छ।"

उनले कोविड पछि को स्थिति मा भारतसँग प्रस्ताव गर्न तीन विशेष क्षेत्रहरू रहेको बताउनुभयो। जसमा ज्ञान अर्थव्यवस्था मा महामारी ले ल्याएको परिवर्तन, आपूर्ति श्रृंखलाको विविधीकरण र अन्तमा मौसम परिवर्तनले सिर्जना गरेको अवसर समावेश छन्।

श्रींगलाले सुझाव दिनुभयो र भन्नु भयो, " पहिलो अवसर ज्ञान अर्थव्यवस्था मा महामारी ले ल्याएको परिवर्तन रहेको छ जसलाई कृषि, वस्तुहरू र सेवाहरू,नँया प्रविधि र डिजिटल प्रक्रियाले उत्पादनलाई संचालित गर्नेछन्।"

अतः भारत जस्तो देशले शिक्षा र नवीनतामा जोड दिदैं यस परिवर्तनको फाइदा लिन सक्दछ।

विदेश सचिवले भन्नुभयो, " दोस्रो अवसरको सृजना आपूर्ति श्रृंखलामा आवश्यक विविधीकरणको कारण भएको छ।'

व्यवसायहरूले महामारी जस्तो जटिल समस्या को सामना गर्नसक्ने र टिक्न सक्ने सुरक्षित र स्थिर आपूर्ति श्रृंखला सिर्जना गर्न कोशिस गरिरहेका छन्।

“संयुक्त भारत-अस्ट्रेलिया-जापान आपूर्ति श्रृंखला पहल जस्ता धेरै छलफल भइरहेका छन्। मार्चमा पहिलो क्वाड नेताहरूको भर्चुअल शिखर सम्मेलनमा आपूर्ति श्रृंखला लचिलोपनबारे छलफल भएको थियो।'

तेस्रो अवसर परराष्ट्र सचिवले जलवायु परिवर्तनका‌ कारण सृजना हुने बताउनुभयो। जलवायु सुधार महत्वाकांक्षाको साथ कार्य गर्ने देशमा भारत पहिलो स्थानमा पर्छ।

विकास चुनौतिहरूको बाबजुद पनि हामीले स्वच्छ उर्जा, ऊर्जा दक्षता, वनीकरण र जैव विविधताका क्षेत्रमा प्रमुख पहल गरेका छौं।

ऊर्जा क्षेत्र भारतको महत्वाकांक्षा र एजेन्डाको केन्द्रमा रहेको उनले बताउनु भयो।

उनले भारतले नवीकरणीय ऊर्जा क्षमता अभिवृद्धि गर्न ठूलो लगानी गरिरहेको पनि बताउनुभयो।

"भारतले सहयोग गरेका दुई ठूला विश्वव्यापी पहलहरू - अन्तर्राष्ट्रिय सौर्य गठबन्धन र आपतकालिन लचिलो पूर्वाधारका लागि गठबन्धन - जलवायु परिवर्तनको क्षेत्रमा सहयोग पुर्‍याउन उपयोगी मञ्च का रुपमा उभ्रिएको छ।"

भारतले सुधारित बहुपक्षीयता र मानव-केन्द्रित भूमण्डलीकरणको लागि आह्वान गरेको कुरा औंल्याउँदै श्रींगलाले सामूहिक र दिगो समृद्धिका लागि जनता र ग्रहलाई प्राथमिकता दिने निष्पक्ष, समान र मानवतामा आधारित भूमण्डलीकरण को लागि भारतले आव्हान गरिरहेको पनि बताउनुभयो।

उनले अगाडि ग्लोबल साउथका साझेदार देशहरूसँग विकासात्मक अनुभव साझा गरेर त्यस्तो अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न भारतले प्रयास गरिरहेको पनि बताउनुभयो।