यस सहायताबाट २० हजार फ्रन्टलाइन स्वास्थ्यकर्मीलाई कोविड १९ प्रबन्धन प्रशिक्षण दिन सकिने

अमेरिकी कम्पनी गुगलले बिहिबार भारतमा अक्सिजन उत्पादन प्लान्टको निर्माण र स्वास्थ्य कर्मीलाई प्रशिक्षण प्रदान गर्न १ करोड ५५ लाख अमेरिकी डलर अर्थात १ सय ९ करोड भारतीय रुपैयाँ को सहयोग गर्ने घोषणा गरेको छ। यस सहयोग मार्फत अमेरिकाले भारतप्रति आफ्नो सद्भाव र ऐक्यबद्धता जाहेर गरेको छ र भारतको कोविड विरुद्ध लडाइमा समर्थन दिएको छ।

कोविड १९ बाट प्रभावित भारतीय जनसमुदाय प्रति गुगलका सीईओ सुन्दर पिचाईले ट्वीटरको माध्यमबाट सहानुभूति दर्शाएका छन्। साथै उनले भारतमा रहेको गुगल.org द्वारा ग्रामीण भारतमा अक्सिजन उत्पादन क्षमता वृद्धि गर्न प्रदान गर्न लागिएको परोपकारी सहयोग का बारे पनि जानकारी दिएका छन्।

उनले आफ्नो ट्वीटमा भने, " कोविड १९ बाट प्रभावित भारतीय समुदाय प्रति हाम्रो सहानुभूति छ। यस अवस्थामा हामी जे सक्छौं सहयोग गर्न तैयार छौं। आज @गुगलओर्गले ग्रामीण भारतमा अक्सिजन उत्पादन प्लान्टको निर्माण र स्वास्थ्य कर्मीलाई प्रशिक्षण प्रदान गर्न १ करोड ५५ लाख अमेरिकी डलर को सहायता प्रदान गर्नेछ।"

जम्पनीको एक ब्लग मा जनाए अनुसार गुगल.orgले गिभइन्डिया र पाथलाई करीव १ करोड ५५ लाख अमेरिकी डलर (१०९ करोड भारतीय रुपैयाँ) को सहयोग प्रदान गर्नेछ। यस सहायताबाट ग्रामीण क्षेत्रमा लगभग ८० वटा अक्सिजन उत्पादन प्लान्ट को खरीद र स्थापना गरिनेछ।

यी दुई संस्था अक्सिजन कार्यक्रमको निरीक्षणका लागि मिलेर काम गर्ने छन्।

गुगल.org ब्लगमा उल्लेख गरिए अनुसार पाथ ले लक्षित स्थानहरूको पहिचान गर्नेछ र प्राविधिक सहयोग दिनेछ। साथै यो संस्था राज्य सरकारहरू र अन्य अधिकारीहरूसँग मिलेर काम गर्नेछ र अक्सिजन प्लान्ट को स्थापना मा मद्दत गर्नेछ।

गुगलले अपोलो मेडस्किल्सको प्रयासमा पनि लगानी गरिरहेको छ। जस अनुसार २० हजार फ्रन्टलाइन स्वास्थ्यकर्मीहरुलाई कोविड १९ प्रवर्द्धन का लागि विशेष प्रशिक्षण दिइनेछ।

गुगल भारतको कन्ट्री हेड र भिपी संजय गुप्ताले लेख्नु भएको एक ब्लग पोस्ट अनुसार यस कदमले ग्रामीण भेगका स्वास्थ्य प्रणाली र स्वास्थ्य कार्यबलको क्षमता अभिवृद्धि हुनेछ।

यस प्रयासलाई थप बल पुगाउन गुगल.org ले ५ लाख डलर अर्थात ३ करोड ६० लाख भारतीय रुपैयाँ अनुदान स्वरुप गैर नाफा मुलक अरमान नामक संस्था लाई उपलब्ध गराइनेछ।

अरमानले १५ राज्य का १ लाख ८० हजार मान्यता प्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ता (आशा) र ४० हजार सहायक नर्स मिडवाइभ (एएनएम) का लागि सीप मुलुक कार्यक्रम पनि सञ्चालन गर्नेछ।

यसले आशा र एएनएमका लागि थप मद्दत र सल्लाह प्रदान गर्न कल सेन्टरको पनि स्थापना गर्नेछ।

यसअघिको अप्रिल महिनामा यस आईटी कम्पनी ले जनस्वास्थ्य सूचना अभियानको पहुँच विस्तार गर्न र आपतकालीन राहत कार्यलाई सहयोग पुर्‍याउन १ करोड ८० लाख अमेरिकी डलर (१३५ करोड भारतीय रुपैयाँ) अनुदानको घोषणा गरेको थियो।